default_image

7 years ago

January 29, 2019

जोन्टी डीपीएल–३ को गुडविल ब्रान्ड एम्बासडर

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिल्डिङ बादशाह दक्षिण अफ्रिकाका क्रिकेटर जोन्टी रोड्स रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेश्रो संस्करणको गुडविल एम्बासडर नियुक्त भएको छ । रोड्स लिग आयोजना अवधिभर धनगढीमा नै रहने र प्रतियोगिता दौरान बिभिन्न कार्यक्रमहरुमा सरिक हुनेछन् ।

दक्षिण अफ्रिकाको लागि ५२ टेस्ट तथा २४५ एकदिवसीय खेलेका ४९ वर्षीय रोड्स आफ्नो फिल्डिंगको कारण विश्व प्रसिद्ध छन् । सन् १९९२ को एकदिवसीय बिश्वकपको दौरान पाकिस्तान क्रिकेटर इन्जमाम उल हकको रन आउटको कारण प्रख्यात रोड्सलाई त्यतिबेला एउटा पत्रिकाले ‘के यो चरा हो ? के यो जहाज हो ? हैन, यो जोन्टि हो’ लेखेको प्रसंग चर्चित मानिन्छ । हावामा उड्दै उनले गरेको रन आउट बिश्व क्रिकेटमा धेरै याद गरिने क्षण मध्येको एक हो ।

रोड्स इन्डियन प्रिमियर लिग आईपीएल टिम मुम्बई इन्डियन्सको २०१७ सम्म लगातार ९ सिजन फिल्डिङ प्रशिक्षक रहेका जोन्टीले श्रीलंका, दक्षिण अफ्रिका, केन्या जस्ता टिमहरुको प्रशिक्षण सम्हालिसकेका छन् ।

प्रतियोगिताको गुडविल एम्बासडरको रुपमा जोन्टिको आगमनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र विश्व क्रिकेट जगतको ध्यान प्रतियोगितामा तानिने विश्वास लिएका आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) का अध्यक्ष सुवास बहादुर शाहीले विश्वास लिएका छन् ।
उनको उपस्थितिले खेलाडी र खेल प्रेमीहरुलाई समेत उत्साह र प्रेरणा मिलने बताउदै जोन्टीलाई रुस्लान डीपीएलमा आबद्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने ‘स्पोर्ट्स एड’ लाई धन्यवाद दिए ।

प्रतियोगिता दौरान जोन्टी सीवाईसी अत्तरिया टिमको मेन्टरको रुपमा समेत रहनेछ ।
यस्तै सीवाईसी अत्तरियाले रायन मरुनलाई टिमको प्रशिक्षकको रुपमा समेत नियुक्त गरेको छ । मरुन वेस्ट इन्डिज क्रिकेट टिमका पुर्व फिल्डिङ प्रशिक्षक समेत हुन् ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.