default_image

7 years ago

March 12, 2019

‘केहि त्रुटि भयो’ – सन्दीप लामिछाने

179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने पकिस्तान सुपर लिग (पिएसएल) खेलेर आज स्वदेश फर्किएका छन् । सन्दीप दिउँसो साढे चार बजे अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल आईपुगेका थिए ।

सन्दीपले खेलमा केहि त्रुटि रहेपनि समग्रमा भने प्रतियोगिता राम्रो रहेको बताए । सन्दीपले आफ्नो त्रुटी सुधार गर्दै अघि बढ्ने जनाए । त्यस्तै सन्दीपले विदेशमा खेल्दा नेपालको धेरै मिस हुने बताए । सन्दीपले तीन चार दिन घर परिवार र साथीभाईसँग समय बिताएपछि इन्डियन प्रिमियर लिग (आईपीएल ) खेल्न दिल्ली जाने बताए ।

‘केहि खेलमा मैले गल्ति गरेको थिएँ । तर अब त्यसमा अड्किने भन्दापनि त्यसलाई सुधार गरेर अगाडी बढ्न जरुरि छ । केहि दिनपछि नै आइपिएल खेल्न दिल्ली जाँदैछु,’ उनले भने । सन्दीप दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्दै छन् । सन्दीपले पीएसएलमा लाहोर कलन्दर्सबाट खेलेको थिए । ७ खेल खेलेको सन्दीपले ११ विकेट हात पारेका थिए । तर, उनको टोलीले समूह चरणमा पुछारमा रहेर घर फर्कन बाध्य बन्यो ।

सम्रगमा यस्तो रह्यो सन्दीपको प्रर्दशन

बिग ब्यासको कारण सुरुवाती तीन खेल गुमाएका सन्दीपले ७ खेल मध्य ५ मा विकेट लिँदा २ खेलमा विकेटविहिन बने । एक खेलमा सन्दीप म्यान अफ द म्याच नै चुनिए । मुल्तान सुल्तानसँग डेब्यू गर्दै ४ ओभरमा ४६ रन खर्चेर ३ विकेट लिँदै मिश्रित सुरुवात गरेका सन्दीपले जेम्स भिन्स, पाकिस्तानका पुर्व कप्तान सोएव मालिक र आन्द्रे रसेललाई आफ्नो डेब्यू शिकार बनाए ।

दोस्रो खेलमा क्वेटा ग्ल्याडीयटर्सविरुद्ध कसिलो बलिङ गर्दै ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । अहसन अलीलाई आउट गरे । तेस्रो खेलमा पुन ग्ल्याडीयटसविरुद्ध खेल्दै सन्दीपले म्यान अफ द म्याच चुनिदै अविश्वसिनिय बलिङ गरे । सन्दीपले ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिए । शेन वाटसन, राइली रुसो, उमर अकमल र दाजिज अनिस सन्दीपको गुग्लीमा फस्दै पेभिलिएन फर्के ।

चौथो खेलमा कराँची किंग्ससँग उत्कृष्ट प्रर्दशन गर्दै ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । सन्दीपले बाबर आजम र कोलिन मुनरोलाई आउट गरे । पाँचौ खेलमा भने पेशवार जाल्मीसँग २.१ ओभर बलिङ गर्दै २२ रन खर्चिदा विकेट विहिन बने । आफ्नो व्यक्तिगत छैटौं खेलको लागि सन्दीप युएईबाट पिएसएलको लागि पाकिस्तान पुगे तर प्रर्दशन खराव रह्यो । ईस्लामबाद युनाइटेडसँग ४ ओभरमा ४६ रन खर्चिदा १ लिए । फिलिप साल्टलाई आउट गरे । अन्तिम खेलमा सन्दीपले मुल्तान सुल्तानसँग २.३ अ‍ोभर बलिङ गर्दै २८ रन खर्चिदा कुनै विकेट लिन सकेनन् ।



December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.