default_image

5 years ago

April 7, 2019

यू-१९ टोलीका आशालाग्दा ४ नयाँ अनुहार

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटमा पछिल्लो समय उमेर समूहका खेलाडीहरु नै सिनियर टोलीमा स्थान बनाइरहेको अवस्था छ । नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यान निलम्बनमा रहँदा घरेलु क्रिकेट शून्यप्राय छ । यसले गर्दा राष्ट्रिय टोलीसम्म यात्रा तय गर्न उमेर समूहको क्रिकेटले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । मलेसियामा अर्को साता सुरु हुने आईसीसी यू१९ विश्वकप एसिया छनोटको […]

52 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाली क्रिकेटमा पछिल्लो समय उमेर समूहका खेलाडीहरु नै सिनियर टोलीमा स्थान बनाइरहेको अवस्था छ । नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यान निलम्बनमा रहँदा घरेलु क्रिकेट शून्यप्राय छ । यसले गर्दा राष्ट्रिय टोलीसम्म यात्रा तय गर्न उमेर समूहको क्रिकेटले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।

मलेसियामा अर्को साता सुरु हुने आईसीसी यू१९ विश्वकप एसिया छनोटको लागि नेपाली यू१९ टोली शनिबार त्यसतर्फ प्रस्थान गरिसकेको छ । मलेसियामा केहि अभ्यासपछि पहिलो खेल नेपालले १२ अप्रिलमा सिंगापुरसँग खेल्ने छ । अप्रिल १२ देखी १८ सम्म चल्ने उक्त प्रतियोगितामा ६ टोलीको सहभागिता रहने छ । शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ एकदिवसिय विश्वकप खेल्न पाउने छ ।

यसपटक नेपाली यू१९ मा घरेलु फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीको बाहुल्यता देखिन्छ । कप्तान रोहित कुमार पौडेल, सन्दीप जोरा र पवन सरार्फले राष्ट्रिय टिमबाट डेब्यू गर्दा भीम सार्की, राशिद खान र कमलसिंह ऐरी सिनियर टोलीको क्याम्पसम्म पुगेका छन् । सागर ढकाल र सुर्य तामाङले फ्रेन्चाइज लिगमा निरन्तर राम्रो गरिरहँदा रित गौतम र आशिफ शेख आफुलाई प्रमाणित गर्न प्रयासरत छन् ।

यस पटक यू१९ टोलीमा ४ खेलाडीले पहिलो पटक स्थान बनाएका छन् । ती स्थान बनाउने खेलाडी हुन् कुशल मल्ल, हरि बहादुर चौहान, अभिषेक बस्नेत र प्रतिस जिसी । मल्ल र चौहान फ्रेन्चाइज लिग खेलिसक्दा जिसी र बस्नेत फेन्चाइज लिगको पर्खाईमा छन् । पहिलो पटक यू १९ टोलीमा स्थान बनाएका यी चार नयाँ खेलाडीलाई अझ नजिकबाट चिन्नुहोस ।

हरिबहादुर चौहान (अलराउन्डर)

चौहान नेपाली क्रिकेटमा नौलो नाम गरेका खेलाडी होईनन् । मध्यक्रममा ब्याटिङ तथा स्पिन बलिङ गर्ने हरि गत वर्ष प्रधानमन्त्री कप क्रिकेटबाट चर्चामा आएका हुन् । टियू मैदानमा प्रदेश नम्बर चारबाट खेल्दै प्रदेश नम्बर १ विरुद्ध ब्याटिङमा शतक र बलिङमा ह्याट्रिकसहित ४ विकेट लिएपछि उनी अगाडी आएका थिए । उनले तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) पारस खड्का कप्तान रहेको विराटनगर वारियर्सबाट ५ खेल खेल्दै ५१ रन जोडेका थिए ।

ईपीएलमा उनले ललितपुरविरुद्ध डेब्यू गरे । एक महिना अघि सम्पन्न धनगढि प्रिमियर लिगमा उनले धनगढी स्टार्सबाट रुपन्देही च्यालेन्जर्सविरुद्ध १ खेलमात्र खेल्ने मौका पाए । चौहानले चितवनबाट क्रिकेट सिकेका हुन् । अघिल्लो वर्ष अलराउन्डर चौहानले शतक सहित ह्याट्रिक गरेपनि यू१९ टोलीमा मौका पाएनन् ।

यसपटक भने टोलीमा पर्दा आफूलाई सिद्ध पार्ने अवसर रहेक हरि बताउँछन् । ‘पहिलो पटक यू१९ टिममा पर्दा खुसि लागि रहेको छ । एउटा सपना पनि हुन्छ यू१९ खेल्ने । गतवर्ष घरेलु लिग र क्याम्पमा पनि रन लागेको थिएन । त्यसैले पनि टिममा नपरेको हुँ जस्तो लाग्छ ,’ उनले थपे, ‘खेलाडीको जीवनमा यस्तो आउछ भन्दै राजु (खड्का) सरले थप हौसला दिनु भयो । मलेसियामा राम्रो गर्ने प्रयास गर्ने छु”,उनले भने ।

प्रतिस जिसी ( बलर )

नेपालबाट यू१६ राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका प्यूठानका प्रतिस सानै उमेर देखी काठमाडौंमा बसेर क्रिकेट सकेका युवा बलर हुन् । हाल हिमालयन क्रिकेट एकेडेमीबाट क्रिकेट सिकीरहेका उनले एक महिनाअघि काठमाडौंमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रदेश नम्बर ३ छनोट प्रतियोगिता पनि खेलेका थिए । गत वर्ष उनले प्रदेश नम्बर ३ बाट प्रधानमन्त्रीकप क्रिकेट पनि खेलेका थिए । उनले अहिलेसम्म फ्रेन्चाइज लिग भने खेलेका छैनन् । अब उनको लागि फेन्चाइज लिग खेल्ने बाटो खुलेको छ । उनी तीव्र गतिका बलर हुन् ।

प्रतिसले यू-१९ टोलीमा पर्दा प्रदर्शन गर्ने अवसर पाएको बुझेका छन् । ‘यू१९ पर्नु एउटा अवसर हो । टिमले मलाई जे भूमिका दिएको छ त्यो पुरा गर्न सक्नुपर्छ । पहिलो पटक टोलीमा पर्दा खुसी लागिरहेको छ,’ उनले थपे, ‘ टिम हेर्दा हामी बलिया छौं । टिम बलियो भएर मात्र भएन हुँदैन, मैदानमा प्रर्दशन पनि गर्न सक्नुपर्छ । पाएको अवसरलाई सदुपयोग गर्नेछौं ।’

कुशल मल्ल (अलराउन्डर)

मल्ल भैरहवामा नेपाली क्रिकेटका लिजेन्ड शक्ति गौचनको क्रिकेट एकेडेमीबाट आएका युवा अलराउन्डर हुन् । बायाँहाते मल्लले तल्लोक्रममा ब्याटिङ गर्नुका साथै स्पिन बलिङ गर्ने गर्दछन् । मल्लले नेपाली यू१६ बाट प्रतिनिधित्व गरि सकेका छन् । आत्माविश्वासी शट प्रहार उनले ईपीएलमा भैरहवा ग्ल्याडीयटर्स र डीपीएलमा महेन्द्रनगर युनाइटेडबाट शरदको कप्तानी खेल्दै धेरैलाई प्रभावित पारेका थिए ।

५ वर्ष अघिदेखि क्रिकेट खेल्न थालेका मल्लले पहिलो पटक यू१९ टिममा पर्दा खुसि लागि रहेको बताए । ‘अवसर पाएको छु । यहाँ राम्रो गर्न सके भने भविष्यमा सिनियर टिममा पनि जाने सहज हुन्छ । भारत अभ्यासमा पनि राम्रै भयो,’ मल्लले भने, ‘घरेलु लिगमा प्रर्दशन सन्तोषजनक छ । छनोटमा उत्कृष्ट प्रर्दशन गर्दै विश्वकप खेल्ने छौं ।’

अभिषेक बस्नेत (ब्याट्सम्यान)

झापामा जन्मेर काठमाडौंबाट क्रिकेट सिकेका बस्नेत शीर्षक्रमका ब्याट्सम्यान हुन् । उनले आवश्यकता परेको खण्डमा ओपनरको रुपमा पनि खेल्ने क्षमता राख्दछन् । भारत भ्रमणमा १ खेलमा उनले ओपनरको भूमिका निर्वाह गरेका थिए । बस्नेतले अहिलेसम्म फ्रेन्चाइज लिग खेलेका छैनन् । उनको लागि त्यो बाटो कहाँ पुग्ने हो अहिलेको यू१९ को प्रर्दशनमा निर्भर रहने छ ।

बस्नेतले काठमाडौंको सिनामंगलमा रहेको ग्रेट हिमालयन क्रिकेट एकेडेमीबाट क्रिकेट सिकेका हुन् । यू-१९ टोलीमा पर्दा उनले जिम्मेवारी बढेको महसुस गरेका छन् । ‘पहिलो पटक यू१९ टिममा पर्दा खुसी लागिरहेको छ । यो सँगै जिम्मेवारी पनि बढेको छ । मेरो तर्फबाट सक्दो राम्रो खेल्दै टोलीलाई जिताउने प्रयास गर्ने छु’,उनले भने ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.