default_image

7 years ago

May 10, 2019

एसडीसी र बीआईएम क्रिकेट बैशाख अन्तिममा

112 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद)- एसडीसी इन्टर कलेज टियु बीबीए तथा बीआईएम क्रिकेट प्रतियोगिता बैशाख अन्तिममा हुने भएको छ ।

अघिल्लो वर्ष युर्निभर्सल कलेजद्धारा बीबीए कप क्रिकेट र थेम्स ईन्टरनेशनल कलेजद्धारा बीआईएम कप क्रिकेट प्रतियोगिता भएको थियो । दुबैको प्रतियोगिताको उपाधि शंकरदेव क्याम्पसले जितेको थियो ।

साविक विजेताले आयोजना गर्ने प्रचलन अनुसार यस पटक शंकर देव क्याम्पसले दुबै प्रतियोगिता आयोजना गर्ने छ । प्रतियोगिता आगमी बैशाख ३० देखी जेठ १० गतेसम्म मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने छन् । देशभर बीबीएतर्फबाट १९ र बीआईएमबाट ७ गरि २६ क्याम्पसको सहभागिता रहने छ ।

बीबीएको विजेताले ७० र बीआईएमको विजेताले ३० हजार प्राप्त गर्ने छन् । बीबीएको उप विजेताले ३५ र बीआईएमको उपविजेताले १० हजार सहित ट्रफी र प्रमाणप्रत्र प्राप्त गर्ने छ । प्रतियोगिताकै सर्वोकृष्ट खेलाडी,उत्कृष्ट बलर,ब्याट्सम्यानले पनी नगद सहित ट्रफी र प्रमाणप्रत्र साथै अन्य पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.