default_image

7 years ago

May 10, 2019

चेन्नईलाई हराउँदै दिल्ली फाइनल पुग्ने ३ आधार

144 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायर खेलमा आज साँझ दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स भिड्दै छन् । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेपछि विशाखापट्नममा सुरु हुने छ । विजेता टोली फाइनलमा प्रवेश गर्नेछ ।

पहिलो क्वालिफायरमा चेन्नईलाई हराउँदै मुम्बई इन्डियन्स फाइनलमा पुगि सकेको छ । फाइनल आईतबार हैदरावादको राजिव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने छ । लिग चरणका दुवै खेलमा दिल्ली चेन्नईसँग पराजित भएको थियो ।

दिल्ली आजको खेलमा विजयी भए पहिलो पटक आइपिएलको फाइनलमा पुग्ने छ । यो पटक दिल्लीलाई उपाधि दावेदारको रुपमा समेत हेरिएको छ । यी तीन कारण चेन्नईलाई हराउँदै दिल्ली पहिलो पटक आईपीएलको फाईनलमा पुग्न सक्छ ।

३. चेन्नईको कमजोर तीव्र गतिको बलिङ

चेन्नईले लिग चरणका अधिकाम्स खेलमा बलिङ मुख्य हतियार बनाउँदै जितेको छ । सर्वाधिक बलियो हतियार स्पिनर मानिएको छ । इमरान ताहिरले १५ खेलमा २३ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा दोस्रो स्थानमा छन् । हरभजन सिंहले १४, रविन्द्र जडेजा १३ विकेट लिदै आफ्नो दवदवाह कायम गरेका राखेका छन् । तर चेन्नईको तीव्र गतिका बलरमा दीपक चाहर बाहेक अन्यको प्रर्दशन जारी आईपीएलमा राम्रो छैन ।

सार्दुल ठाकुरले ८ खेलमा ६ विकेट मात्र लिएका छन् । मध्य गतिका दिपक चाहरले १५ खेलमा १७ विकेट लिएका छन् । मोहित शर्माले १ र स्कर्ट कुग्गेलेइजनले २ विकेट लिए । यी चारनै चेन्नईका प्रमुख तीब्र गतिका बलर हुन् । चाहर बाहेक अन्य कुनै तीब्र गतिका बलर लयमा देखिदैनन् ।

आज हुने क्वालिफायर खेल विशाखापटनाम मैदान स्पिनर भन्दा तीब्र गतिका बलर उपयोगि मानिन्छ । यहि मैदानमै बुधबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच एलिमिनेटरमा दुबै टोलीले चार-चार तीब्र गतिका बलर मैदान उतारेका थिए । यो अवस्थामा स्पिनरमा निर्भर रहेको चेन्नईको कमजोरी दिल्लीका ब्याट्सम्यानले उठाउन सक्छन् ।

२. आक्रमक शैलीको कमी

चेन्नईका कप्तान महेन्द्र सिंह धोनी बाहेक अन्य खेलाडीले यस सिजनको आईपीएलमा आक्रमक शैलीमा ब्याटिङ गर्न सकिरहेका छैनन् । शेन वाटसनको लय त्यति राम्रो छैन । आम्बाती रायडू, सुरेश रैना, मुरली विजय, फाफ डु प्लेसिस चेन्नईका शीर्ष क्रममा ब्याट्सम्यान हुन् । तल्लो क्रममा धोनीलाई छाड्ने हो भने केदार जाधव,रविन्द्र जडेजा र ड्वेन ब्राभोमा निर्भर छ ।

धोनी बाहेक चेन्नईका कुनै पनि ब्याट्सम्यानको स्ट्राईक रेट १ सय ३० भन्दा माथि छैन । यस अर्थमा चेन्नईका ब्याट्सम्यानमा चौका छक्का भन्दा पनि डबल सिंगल रन बढि बटुलेको देखिन्छ । धोनी नचलेको खण्डमा चेन्नईले विशाल योगफल बनाउन र पछ्याउन पनि मुश्किल पर्ने देखिन्छ । जुन घातक सावित हुन सक्छ ।

१.पन्त र ऐरको लय

दिल्ली क्यापिटल्सलाई ७ वर्षपछि प्ले अफमा पुर्याउन कप्तान श्रेयस ऐर र ऋषभ पन्तको प्रर्दशन उत्कृष्ट छ । दिल्लीका लागि यी दुई खेलाडी सर्वाधिक रन बनाउनेमा शीर्ष स्थानमा छन् । पन्त र ऐरले समान १५ खेलमा ४ सय ५० रन बटुलेका छन् । यी दुईको उत्कृष्ट लयमा दिल्लीले आज विशाल रन बनाउन र पछ्याउन सक्छ ।

त्यस्तै ओपनर शिखर धवनले औसतामा उत्कृष्ट रन जोड्दै समान खेलमा ५ सय ३ रन बटुल्दै सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा चौथो स्थानमा छन् । त्यस्तै पृथ्वी शाले पनि लगातार रन जोडीरहेका छन् । दिल्लीका शीर्षक्रमका ब्याट्सम्यान लयमा हुँदा चेन्नईलाई हराउँदै दिल्ली पहिलो पटक आईपीएलको फाईनलमा पुग्न सक्ने देखिन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.