default_image

7 years ago

May 10, 2019

डब्लुसिएलमा १ सय ७ खेलाडी दर्ता

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टि ट्वान्टी लिगमा १ सय ७ खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना गर्ने डब्लुसिएल असोज ३ गतेदेखि ११ गते सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुदैंछ ।


बैशाख १९ देखी २५ गते सम्म आयोजकले खेलाडीलाई दर्ताका लागि आवदेन खुल्ला गरेको थियो । जस अनुसार देशभरबाट १ सय ७ खेलाडीले आफ्नो नाम दर्ता गराएको डब्लुसिएलका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिएका छन् ।

लामाका अनुसार खेलाडी छनोट सम्बन्धित टोलीहरूले ड्राफ्ट विधिका आधारमा गरिएको हो । नेपालमा डाफ्ट प्रविधि अनुसार खेलाडी छनोट पहिलो पटक गर्न लागिएको हो । डाफ्ट केहि दिनमा हुने लामाले जानकारी दिए ।
आयोजकले खेलाडीहरूलाई डायमण्ड, सफायर, रुबिज र वाइल्डकार्ड इन्ट्री गरी चार श्रेणीमा विभाजन गरेको छ । डायमण्ड श्रेणीमा अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीहरू पर्ने छन् ।

यस्तै रुबिजमा राष्ट्रिय टोलीबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरिसकेका र सफायरमा क्षेत्र वा प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी पर्ने छन्। वाइल्ड कार्ड इन्ट्रीमा ट्यालेन्ट हन्टमार्फत छनोट भएर आएका खेलाडी पर्ने छन् । प्रतियोगितामा सहभागी प्रत्येक टोलीले दुई जना वाइल्ड कार्ड इन्ट्रीका खेलाडीलाई समावेश गर्नुपर्नेछ ।

डब्लुसिएलमा ललितपुर फाल्कोन्स,पोखरा पल्टन,क्यापिटल्स रोयल्स काठमाडौं,चितवन राइनोज र विराटनगर टाइन्टस गरि ५ ले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोली मध्ये ललितपुरको मालिकमा श्रीजना जोशी रहेकी छन् । जुन ललितपुर फाल्कोन्सको स्वामित्वमा रहनेछ ।

त्यस्तै पोखरा पल्टन प्रा. लि. को स्वामितवमा रहेको पोखराको टोलीमा विनायक पोखरेल (अध्यक्ष), काठमाडौंको दिपा अग्रावाल (प्रबन्ध निर्देशक) जेफोर स्पार्टस,चितवन मिङमा डण्डु शेर्पा (प्रबन्ध निर्देशक) चितवन राइनोज प्रा. लि. र विराटनगरको पारस लुनिया (अध्यक्ष) रहेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.