default_image

7 years ago

May 10, 2019

चेन्नईसँगको खेलमा पनि सन्दीप दिल्लीको बेन्चमा

137 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई चेन्नई सुपर किंग्सँगको खेलमा पनि बेन्चमा राखेको छ ।

विशाखापट्नममा भएको टसमा दिल्लीले हारेर पहिला ब्याटिङ निम्तो पाएको छ । चेन्नईले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको हो । दिल्लीले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । सन्दीपले जारी आईपीएलमा ६ खेलमा ८ विकेट लिएका छन् ।

आजको विजेता टोली फाईनलमा प्रवेश गर्ने छ । मुम्बई चेन्नईलाई हराउँदै फाईनलमा पुगि सकेको छ । फाईनल आगमी आईतबार राजिभ गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने बताईएको छ । दिल्लीले एलिमिनेटर खेलमा हैदरावादलाई २ विकेटले पराजित गर्दै क्वालिफायर खेल्न लागेको हो । दिल्ली आजको खेलमा विजयी भए पहिलो पटक आईपीएलको फाईनलमा प्रवेश गर्ने छ । दिल्ली नयाँ इतिहास कोर्न आतुर देखिन्छ । चेन्नई भने पहिलो क्वालिफायरमा मुम्बईसँग ६ विकेटले पराजित भएपछि सोझैं फाईनलमा प्रवेश गर्ने अवसर गुमाएको हो ।

दिल्लीको प्लेइङ ः शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर(कप्तान), ऋषभ पन्त, कोलिन मुनरो, शेरफेन रदरफोर्ड, अक्षर पर्टेल, ट्रेन्ट बोल्ट, इशान्त शर्मा,अमित मिश्रा र किमो पल ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.