default_image

7 years ago

May 10, 2019

दिल्लीलाई हराउँदै चेन्नई फाइनलमा

141 views

0 Bookmark

एजेन्सी – चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राती सम्पन्न दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नई आठौं पटक आईपीएलको फाईनलमा प्रवेश गरेको हो ।

अव उपाधिका लागि चेन्नईले मुम्बई इन्डियन्ससँग आगमी आईतबार राजिभ गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा प्रतिस्पर्धा गर्ने छ । यो हारसँगै दिल्ली र नेपाली लेग स्पिनर सन्दीप लामिछानेको यस सिजनको आईपीएल यात्रा यहि समाप्त भएको छ। १ सय ४८ रनको लक्ष्य पछ्याएको चेन्नईले १९ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो ।

चेन्नईलाई फाईनल सम्म पुर्याउन ओपनर शेन वाटशन र फाफ डु प्लेसिसले उत्कृष्ट ब्याटिङ गरे । ओपनर डु प्लेसिस र वाटशनले पहिलो विकेटका लागि १०.२ ओभरमा ८१ रनको साझेदारी गर्दै चेन्नईको जित सहज बनाएका थिए । ट्रेन्ट बोल्टले डु प्लेसिसलाई किमो पलबाट ५० रनमा क्याच गराउदै साझेदारी तोडे । उनले ३९ बलमा ७ चौका र १ चौका प्रहार गरे ।

वाट्शन ३२ बलमा ४ छक्का र ३ चौका सहित ५० रनमा क्याच आउट भए । वाटशनलाई १३ ओभरको दोस्रो बलमा अमित मिश्राले बोल्टबाट क्याच आउट गराए । सुरेश रैना ११ रनमा बोल्ड आउट भए । महेन्द्र सिंह धोनी ९ र आम्बाती रायडू ले २० रनको योगदान दिए । ईशान्त शर्मा,बोल्ट,अक्षर पटेल र अमित मिश्राको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि विशाखापट्नममा टस हारेर पहिला ब्याटिङ निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो। अन्तिम ओभरमा रविन्द्र जडेजाले २ छक्का र १ चौका सहित १६ रन खर्चिन पुगेपछि दिल्ली मध्यम योगफल सम्म पुग्न सफल भएको हो ।

दिल्लीका लागि ऋषभ पन्तले २५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ३८ रनको योगदान दिए । १९ ओभरको चौथो बलमा पन्तलाई दिपक चाहरले ड्वेन ब्राभोबाट क्याच आउट गराएका थिए ।

त्यसअघि पन्तले १७ ओभरको चौथो बलमा जीवनदान पाएका थिए । इमरान ताहिरको बलमा कडा शट प्रहार गरेका दिपक चाहरले क्याच लिएपनि बाउन्ड्रीलाई बाहिर गएपछि उक्त बल छक्का हुन पुगेको थियो ।

दिल्लीले पहिलो विकेट तेस्रो ओभरको तेस्रो बलमा पृथ्वी शालाई ५ रनमा गुमाएको थियो । शा एलबीडब्लू आउट भए । सुरुवाती समय दिपक चाहरले अपिल गरे पनि एम्पारले नकारेका थिए । तर धोनीले रिब्यू लिदै पेभिलिएन फर्काए । छैटौं ओभरको दोस्रो बलमा हरभजन सिंहले शिखर धवनलाई महेन्द्र सिंह धोनीबाट कट एण्ड बिहाइन्ड निकाल्दै १८ रनमा पेभिलिएन फर्काए । धवनले १४ बलमा ३ चौका प्रहार गरे ।

रविन्द्र जडेजाको ९ औं ओभरको पाँचौ बलमा बलमा ठूलो शट खेल्ने धुनमा कोलिन मुनरो बाउन्ड्री लाईन नजिकै ड्वेन ब्राभोबाट २७ रनमा क्याच आउट हुन पुगे । उनले २४ बलमा ४ चौका प्रहार गरे । इमरान ताहिरको १२ औं ओभरको तेस्रो बलमा कप्तान श्रेयस ऐर ठूलो शट खेल्ने धुनमा गलत शट प्रहार गर्दै सुरेश रैनाबाट १३ रनमा क्याच आउट भए ।

ब्राभोको १३ ओभरको पाँचौ बाउन्सर बलमा शट प्रहार गर्दा अक्षर पटेल ताहिरबाट ३ रनमा क्याच आउट भएपछि दिल्ली संकटमा परेको थियो । तल्लो क्रममा शेरफेद रदरफर्ड १० र किमो पल ३ रनमा आउट भए । ईशान्त शर्मा १० र अमित मिश्रा ६ रनमा अविजित रहे ।

चेन्नईका लागि हरभजन सिंह,दिपक चाहर,रविन्द्र जडेजा र ड्वेन ब्राभोले समान २ विकेट लिए । त्यस्तै इमरान ताहिरको नाममा १ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.