default_image

7 years ago

May 11, 2019

सन्दीप सम्मिलित दिल्ली फाइनलमा पुग्न नसक्नुका ३ कारण

175 views

0 Bookmark

एजेन्सी – शुक्रबार राती दोस्रो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित हुँदै १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सको यात्रा यहि समाप्त भएको छ ।

प्रतियोगिता सुरु हुनु अघिनै व्यवस्थापन र टोलीमा व्यापक परिवर्तन गरेको दिल्लीले यस पटक नयाँ प्रर्दशन गर्ने छनक त्यति बेलानै देखाएको थियो । दिल्लीले नाम, लोगो, जर्सी, खेलाडी लगायतामा परिवर्तन गर्यो । दिल्ली डेयर डेभिल्लस आईपीएलमा फाईनल सम्म पुग्न नसक्दा पुरानो प्रर्दशनलाई भुल्न र नयाँ प्रर्दशन गर्न दिल्ली क्यापिटल्स नाम राखेको थियो ।

नभन्दै दिल्लीको यो वर्ष प्रर्दशन उत्कृष्ट गर्दै ६ वर्षपछि प्ले अफमा पुग्न सफल भयो । एलिमिनिटर खेलमा हैदरावादलाई पराजित गरेपछि दिल्ली पहिलो पटक फाईनल नजिक पुगेको थियो । तर शुक्रबार राती महेन्द्र सिंह धोनीले सम्हालेको चेन्नई सुपर किंग्ससँग पराजित भएपछि यो पटक पनि दिल्लीको फाईनल पुग्दै उपाधि जित्ने सपना अधुरै रह्यो । यी तीन कारण दिल्ली पहिलो पटक फाईनल पुग्ने सपनामा बाधक बने ।

३. गैर जिम्मेवार ब्याटिङ

दिल्लीको हारको प्रमुख कारण मध्य एक ब्याट्सम्यान गैरजिम्मेवार ब्याटिङ हो । विशाखापट्नममा टस हारेर मैदान उत्रेको दिल्लीले विशाल योगफल बनाउदै चेन्नईलाई दवावमा राख्ने अनुमान गरिएको थियो । सबैको ध्यान दिल्लीले विशाल योगफलमै थियो । तर सबै ब्याट्सम्यानले ठूला शट खेल्ने धुनमम गलत शट खेल्दै क्याच आउट हुँदै पेभिलिएन फर्केपपछि दिल्ली १ सय ४७ रनमा समेटिएको थियो । उक्त मैदानमा १ सय ४८ रनको लक्ष्य सामान्य मानिन्छ । अर्थात सुरक्षित देखिदैन ।

दिल्लीले पहिलो विकेट तेस्रो ओभरको तेस्रो बलमा पृथ्वी शालाई ५ रनमा गुमाएको थियो । शा एलबीडब्लू आउट भए । छैटौं ओभरको दोस्रो बलमा हरभजन सिंहले शिखर धवनलाई महेन्द्र सिंह धोनीबाट कट एण्ड बिहाइन्ड निकाल्दै १८ रनमा पेभिलिएन फर्काएका थिए । दुबै ओपनर गुमाएपछि दिल्ली दवावमा परेको थियो । तल्लोे क्रममा ब्याट्सम्यानले जिम्मेवारी लिदै लामो इनिङ्स खेल्नुु पर्ने आवश्यकता थियो ।

रविन्द्र जडेजाको नवौं ओभरको पाँचौ बलमा बलमा ठूलो शट खेल्ने धुनमा क्रिजमा जमि सकेका कोलिन मुनरो बाउन्ड्री लाईन नजिकै ड्वेन ब्राभोबाट २७ रनमा क्याच आउट हुन पुगे । जुन टोलीको लागि त्यो शट त्यो समयमा आवश्यक थिएन । इमरान ताहिरको १२ औं ओभरको तेस्रो बलमा कप्तान श्रेयस ऐर पनि ठूलो शट खेल्ने धुनमा गलत शट प्रहार गर्दै सुरेश रैनाबाट १३ रनमा क्याच आउट भए ।

ब्राभोको १३ ओभरको पाँचौ बाउन्सर बलमा शट प्रहार गर्दा अक्षर पटेल ताहिरबाट ३ रनमा क्याच आउट भएपछि दिल्लीको ठूलो योगफल कठिन बनेको थियो । दिल्लीको अन्तिम आसा ऋषभ पन्त थिए । पन्त अन्तिम ओभर सम्म टिकेको खण्डमा दिल्लीले १ सय ७० रनको योगफल सम्म पुग्न सक्ने अनुमान गरिएको थियो । जुन योगफल प्रतिस्पर्धात्मक मानिथ्यो । तर १९ ओभरको चौथो बलमा ठूलो शट खेल्ने धुनमै पन्त ड्वेन ब्राभोबाट बाउन्डी लाईन नजिकै क्याच आउट भएपछि दिल्लीको ठूलो योगफलको संभावना सकिएको थियो । शीर्षक्रममा ब्याट्सम्यानको गैरजिम्मेवार ब्याटिङ दिल्ली पहिलो पटक फाईनलमा पुग्न नसक्नुको एक कारण हो । ब्याट्सम्यान जिम्मेवारीका साथ ब्याटिङ गरेको भए दिल्ली फाईनलमा पुग्न सक्थ्यो ।

२. फाफ डु प्लेसिसको रन आउट मिस र त्यसपछि साझेदारी

दिल्लीले जितको लागि मध्यम लक्ष्य पछ्याएको चेन्नईलाई सुरुवाती सयम देखिनै दवावमा राख्नसक्नु पथ्र्यो । पावर प्लेमा कम्तिमा दुई तीन विकेट लिन सके दिल्लीले चेन्नईमाथि निरन्तर दवाव राख्दै खेल आफ्नो पक्ष्यमा पार्न सक्थ्यो । तर दिल्ली पहिलो विकेटका लागि ११ ओभर पर्खनु पर्यो । जुन समय दिल्लीलाई खेलमा फर्किन धेरै ढिला भई सकेको थियो । पहिलो ओभरको दोस्रो बलमै फाफ डु प्लेसिसलाई रन आउट गर्ने अवसर दिल्लीले गुमाएको थियो ।

ट्रेन्ट बोल्टको पहिलो ओभरको दोस्रो बलमै फाफ डु प्लेसिस र शेन वाटशन रनमा तालमेल गर्न नसक्दा दुवै एकै तर्फभागेका थिए अक्षर पटेलले सिधैं थ्रो हान्दै बल कोलिन मुनरोलाई दिए । मुनरोले पनि थ्रो फाल्दै विकेटकीपर नजिक स्लिप बसेका कप्तान श्रेयस ऐर नजिकै फालेका थिए । तर उक्त बल समात्न नसकदा रन आउट गराउन बाट चुकेको थियो ।

जीवनदान पाएका प्लेसिसले ५० रन बनाउँदै म्यान अफ द म्याच समेत चुनिए । फाफ डु प्लेसिसले पहिलो विकेटका लागि १०.२ ओभर सम्म शेन वाट्शनसँग ८१ रनको साझेदारी गरेपछि दिल्लीको जित समाप्त भएको थियो । जुन रन आउट गर्न सकेको भए दिल्लीले अरु विकेट पनि छिटो लिन सक्थ्यो । ठूलो साझेदारी पनि बन्न सक्ने थिए । यी दुईको पहिलो विकेटको साझेदारी र रन आउट मिस दिल्लीको लागि घातक सावित मात्र भएन पहिलो पटक फाईनल पुग्ने सपना पनि अधुरै रह्यो ।

१. रबाडाको अभाव

लिग चरणको अन्तिम खेल अघि कागीसो रबाडा चोटग्रस्त हुँदै घाईते हुनु दिल्लीको लागि घातक सावित रह्यो । जारी आईपीएलमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहेका रबाडा टोलीमा नभएसँगै दिल्लीको बलिङ कमजोर बन्न पुग्यो । अन्तिम ओभरका राजा मानिने रबाडाको अभाव लिग चरणको अन्तिम खेलमा राजस्थान रोयल्स, एलिमिनिटेरमा हैदरवाद र क्लालिफायरमा चेन्नईसँगको खेलमा उनको अभाव दिल्लीमा प्रष्ट देखिन्थ्यो ।

rabada

रबाडा यदी फिट भएको भए दिल्लीले १ सय ४८ रनको पनि रक्षा गर्ने सम्भावना राख्दथ्यो । रबाडा तीनै हुन् जसले कोलकतासँगको सुपर ओभरमा पहिलो बलमा चौका खाएपनि अन्य पाँच बलमा लगातार योर्कर फ्याक्दै ११ रनको लक्ष्य सुरक्षित गरेका थिए । रबाडाको स्थानमा आएका बोल्टले ३ खेलमा ४ विकेट मात्र लिन सके । रबाडा घाईतले हुनु दिल्लीको लागि पहिलो पटक फाईनल पुग्ने सपना अधुरै बन्न पुग्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.