default_image

5 years ago

May 14, 2019

वेस्ट इन्डिजलाई हराउँदै बंगलादेश फाईनलमा

28 views

0 Bookmark

एजेन्सी – आयरल्यान्ड, वेस्ट इन्डिजसँगको त्रिकोणात्मक वान डे सिरिजमा बंगलादेश फाईनलमा पुगेको छ । सोमबार राती वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै बंगलादेश फाईनलमा पुगेको हो । अव उपाधिको लागि बंगलादेशले शुक्रबार वेस्ट इन्डिजसँग नै खेल्नेछ । घरेलु टोली आयारल्यान्ड भने एक खेल अघिनै बाहिरिसकेको छ ।

सोमबार राती २ सय ४८ रनको लक्ष्य पछ्याएको वंगलादेशले ४७.२ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । उसका लागि विकेटकीपर मुश्फिकुर रहिमले ७३ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ६३ रनको योगदान दिए । सौम्य सरकारले ६७ बलमा ४ चौका र २ छक्का सहित ५४, तामिम इकवाल २१, सकिब अल हसन २९, मोहम्मद मिथुन ४३ रनमा आउट हुँदा महमुदूल्लाह ३० रनमा अविजित रहे । वेस्ट इन्डिजका लागि एलशे नर्शले ३,केमर चेस र जोसन होल्डरले समान १ विकेट हात पारे ।

त्यसअघि डबलिनमा टस जितेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४७ रन जोडेको थियो । उसका लागि ओपनर साई होपले १ सय ८ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ८७ रनको योगदान दिएका थिए । कप्तान जोसन होल्डरले ७६ बलमा ३ चौका र १ छक्का सहित ६२, सुनिल एम्ब्रिसले २३, रोस्टन चेजले १९, एस्ली नर्शले १४ रन जोडे । अन्यले भने दोहोरो अंकमा रन छुन सकेनन् ।

बंगलादेशका मुस्ताफिजुर रहमानले ९ ओभरमा १ मेडन सहित ४३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै कप्तान मोशर्फे मोतर्जाले ३,मेहदी हसन र सकिब अल हसनको नाममा समान १ विकेट रह्यो ।

May 11, 2024

गिल र सुदर्शनको शतकसहित गुजरातको जित

एजेन्सी – ओपनरद्वय शुभमन गिल र साई सुदर्शनको शतकीय इनिङको मद्दतमा गुजरात टाईटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नाई सुपर किंग्सलाई‌ सहजै हराएको छ। गुजरातले चेन्नाई माथि ३५ रनको सहज जित दर्ता गर्यो । अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले दुई खेलाडीको शतकको मद्दतमा ३ विकेटको क्षतिमा २ सय ३१ रन जोड्यो । […]

May 10, 2024

आयरल्यान्डसँग पाकिस्तान स्तब्ध

एजेन्सी – आयरल्यान्डमा आज देखि सुरु भएको तीन खेलको टि-२० शृंखलाको पहिलो खेलमा घरेलु टोलीले पाकिस्तानलाई स्तब्ध बनाएको छ । कोल्नटार्फ क्रिकेट क्लब डब्लिनमा शुक्रबार भएको खेलमा आयरल्यान्डले पाकिस्तानलाई‌ ५ विकेटले हराएको हो । पाकिस्तानले दिएको १ सय ८३ रनको लक्ष्य आयरल्यान्डले १ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । १९औं ओभरमा सेट ब्याटर […]

May 10, 2024

आरसिबिको पञ्जाब विरुद्ध फराकिलो जित

एजेन्सी – रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले पञ्जाब किंग्स विरुद्ध जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ सम्भावना कायम राखेको छ । धर्मशालामा भएको खेलमा आरसिबिले ६० रनको जित दर्ता गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको आरसिबिले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २४१ रनको विशाल योगफल खडा गरेको थियो । […]

Success

Thank you for your time.