default_image

7 years ago

May 27, 2019

इंग्ल्यान्डसँग अफगानिस्तानको लज्जास्पद हार

160 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्कपअघि वार्मअप खेलमा अफगानिस्तानले इंग्ल्यान्डसँग लज्जास्पद हार बेहोरेको छ ।

घरेलु टोली इंग्ल्यान्डले अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य इंग्ल्यान्डले १ सय ९५ बल अगाडीनै १ विकेट गुमाएर पुरा गर्यो । सहज जित दिलाउन ओपनर जोसन रोयले ४६ बलमा ११ चौका र ४ छक्का सहित ८९ रनमा अविजित रहे । रोयले गुल्बदीन नाईबलाई छक्का हान्दै खेल जिताए ।

त्यस्तै जो रुटले ३७ बलमा ३ चौका सहित २९ रनमा नट आउट रहे । आठौं ओभरको दोस्रो बलमा मोहम्मद नाबीले विकेटकीपर रहमाथ शाहबाट स्टम्पिङ आउट गराउनु अघि जोनी बेयस्टोले २२ बलमा ७ चौका र १ छक्का सहित ३९ रन जोडे ।

त्यसअघि ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले ३८.४ ओभरमा अल आउट हुँदै १ सय ६० रनमा समेटियो । अफगानिस्तानका लागि मोहम्मद नाबीले सर्वाधिक ४४ रनको महत्वपूर्ण योगदान दिए । अन्तिम विकेटका रुपमा आउट हुनु अघि नाबीले ४२ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै रनको महत्वपूर्ण योगदान दिए । नाबीलाई जोफ्रा आर्चरले जोनी बेयस्टोबाट बाउन्डी लाईनमा उत्कृष्ट क्याच आउट गराएका थिए ।

३२.३ ओभरमा १२७–९ को कमजोर अवस्थामा पुगेको अफगानिस्तानलाई अन्तिम विकेटका लागि दवालत जद्रान र मोहम्मद शामीले ३३ रनको उत्कृष्ट साझेदारी गरेपछि अफगानिस्तान सम्मानजनक योगफलमा पुगेको हो । दवालतले १७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २० रनमा अविजित रहे ।

२४.४ ओभरमा ८–९२ को कमजोर अवस्थामा पुगेको अफगानिस्तानलाई मोहम्मद नाबी र अफ्तब आलमले नवौं विकेटको लागि ३५ रनको साझेदारी गर्दै उनिङ उसकासे । यी दुईबीचको साझेदारी जो रुटले ३३ ओभरको तेस्रो बलमा आदिल राशिदबाट अफ्तव आलमलाई ६ रनमा क्याच आउट गर्दै तोडेका थिए ।

ओपनर नुर अलीले ३० बटुले । १२ ओभरको चौथो बलमा बेन स्ट्रोक्सले बोल्ड आउट गर्नु अघि ३४ बलमा ५ चौका प्रहार गरे । ओपनर हज्रतुल्लाह जजाई ११, सामथ शाह ३,हसमतुल्लाह साहिदी १९,अस्गर अफगान १०,राशिद खान डक र कप्तान गुलबदीन नाइब १४ रनमा आउट भए ।

इंग्ल्यान्डका लागि जो रुटले ६ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । जोफ्रा आर्चरले ३,बेन स्ट्रोक्स र मोइन अलीको नाममा १ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.