default_image

7 years ago

May 27, 2019

श्रीलंकामाथि अष्ट्रेलियाको सहज जित

182 views

0 Bookmark

एजेन्सी – एक दिवसिय विश्वकप अघि वार्मअप खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले पराजित गरेको छ । २ सय ४० रनको लक्ष्य अष्ट्रेलियाले ४४.५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।

अष्ट्रेलियाका लागि ओपनर उस्मान खवाजाले १ सय ५ बलमा ३ चौका सहित ८९ जोड्दै सहज जित पक्का गरे । कप्तान आरोन फिन्चले ११,शन मार्श ३४, ग्लने म्याक्सवेल ३६,मार्कस स्टोनिस ३२ रनमा आउट भए । एलेक्स करी १८ र प्याट कमिन्स ९ रनमा अविजित रहे । श्रीलंकाका जेफरी वांडरसेले २,धनन्जय डी शिल्भा र नुवान प्रदिपले १ विकेट हात पारे ।

त्यस अघि साउथह्याम्प्टनमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३९ रन बनायो । उसका लागि ओपनर लाहिरू थीरिमानेले सर्वाधिक ५६ रनको योगदान दिए । २५ ओभरको अन्तिम बलमा नाथन लायनले बोल्ड आउट गर्नु अघि उनले ६९ बलमा ७ चौका प्रहार गरे ।

कप्तान दिमुथ करुणारत्ने १६, कुशल परेरा १२, कुशल मेन्डिस २४, एन्जिलो मैथ्यूज १७, जीवन मेन्डिस २१ रनमा आउट भए । तल्लोक्रमका धनन्जय डी शिल्भाले ४१ बलमा ४ चौका सहित ४३ र थिसेरा परेराले २७ रन बटुले ।

अष्ट्रेलियाका लागि एडम जम्पाले सर्वाधिक २ विकेट लिए । मिचेल स्टार्क, प्याट कमिन्स, केन रिचड्सन, ग्लेन म्याक्सवेल, नाथन लायन र स्टिभ स्मिथको नाममा समान १ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.