default_image

7 years ago

June 20, 2019

नेदरल्यान्ड्सले जिम्बाबेलाई हरायो

129 views

0 Bookmark

एजेन्सी – घरेलु टोली नेदरल्यान्ड्सले दुई खेलको वान डे सिरिज अन्तर्गत पहिलो खेलमा टेष्ट राष्ट्र जिम्बावेलाई डक अर्थ लेविसका आधारमा ७ विकेटले पराजित गरेको छ ।

डेब्यु गरेका ओडोड

बुधबार राती सम्पन्न खेलमा जिम्बाबेलाई स्तब्ध पार्दै नेदरल्यान्ड्सले दुई खेलको वान डे सिरिजमा १– ० को अग्रता लिएको छ । २ सय ६ रनको मध्यम लक्ष्य नेदरल्यान्ड्सले ४२.४ बलमा ३ विकेट गुमाउँदै पुरा गरेको हो । नेदरल्यान्ड्सको जितमा यसै खेलबाट ओडीआईमा डेब्यू गरेका युवा खेलाडी म्यास ओडोवडले १ सय १८ बलमा ९ चौका प्रहार गर्दै ८२ रनमा अविजित रहँदै जित पक्का गरे ।

त्यस्तै बेन कुपरले ५५ बलमा ५ चौका र १ छक्का सहित ३५ रनको योगदान दिए । ओपनर टोयिबास भिसीले २८ रनमा आउट हुँदा वेस्ले बर्रेसीले ४७ बलमा ४ चौका र १ छक्का सहित ३९ रनमा अविजित रहे । जिम्बाबेका लागि सेन विलियमस २ र आइन्स्ले नाडालोभुले १ विकेट लिन बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि पाहुना टोली जिम्बाबेले टस जितेर पहिला ब्याटिङ थाल्दै निर्धारित ४७ ओभरमा ८ विकेटको क्षतिमा २ सय ५ रन जोडेको थियो । जिम्बाब्बेका लागि विकेटकीपर बे्रन्डन टेलरले सर्वाधिक ७१ रनको योगदान दिए । कप्तान पिटर सेल्सरले बोल्ड आउट गर्नुअघि टेलरले ८५ बलमा ७ चौका र २ छक्का प्रहार गरे । अन्य ब्याट्सम्यानले भने राम्रो प्रर्दशन गर्न सकेनन् ।

कायल जर्विस ३२, डोनाल्ड त्रिर्पोनो २१, सन विलियम्स र क्रेग इर्किनले समान १६ तथा सिकन्दर राजाले ११ रन बटुले । नेदरल्यान्ड्सका लागि फे्रड क्लासेन,पिटर सेल्सर र पल भानले समान २ विकेट लिए । दोस्रो तथा अन्तिम वान डे खेल आगमी शुक्रबार खेल्ने छ । नेदरल्यान्ड्स र जिम्बाबेबीच दुई टी ट्वान्टी खेल समेत हुने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.