default_image

7 years ago

June 20, 2019

अष्ट्रेलियासँग बंगलादेशको अग्निपरिक्षा !

167 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज साबिक विजेता अष्ट्रेलिया र बंगलादेश भिड्दै छन् । खेल नेपाली समय अनुसार ३:१५ देखी सुरु हुने छ ।

अष्ट्रेलिया पाँचौ र बंगलादेश तेस्रो जितको खेजिमा छन् । अष्ट्रेलिया आजको खेलमा विजयी भए न्युजिल्यान्ड र इंग्ल्यान्डलाई पछि पार्दै अंक तालिकामा शीर्षस्थानमा उक्लिने छ । अष्ट्रेलिया ५ खेलमा ४ मा जित र १ मा हारका साथ तेस्रो स्थानमा छ । यता बंगलादेश अष्ट्रेलियालाई स्तब्ध पार्दै सेमिफाईनल खेल्ने यात्रा बलियो बनाउन चाहान्छ । बंगलादेशले सुरुवाती ५ खेलमा समान २ मा जित र हारका साथ पाँचौ स्थानमा छ ।

यसअघि वेस्ट इन्डिजले प्रस्तुत गरेको ३ सय २२ रनको विशाल लक्ष्य सहजै पुरा गरेको बंगलादेशको असली अग्नि परिक्षा अष्ट्रेलियासँग हुने छ । त्यस्तै खेलमा उत्कृष्ट शतक प्रहार गरेका सकिब अल हसन अष्ट्रेलियाका लागि घातक बन्न सक्छन् । सकिबले जारी विश्वकपमा ४ खेलमा २ शतक र २ अर्ध शतक सहित कुल ३ सय ८४ रन जोड्दै सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा शीर्षस्थानमा छन् । अष्ट्रेलियामाथि आश्चर्यजनक नतिजा निकाल्न सकिबको प्रर्दशन निर्णायक बन्न सक्छ ।

विश्वकपमा हालसम्म अष्ट्रेलियाले बंगलादेशसँग हारेको छैन । विश्वकपका यी दुई देशबीच तीन खेल हुँदा अष्ट्रेलिया २ खेलमा विजयी भएको छ । १ खेल नतिजा विहिन छ । आजको खेलमा अष्ट्रेलियन अलराउन्डर मार्कस स्टोइनिस टोलीमा फर्किन सक्ने सम्भावना छ । उनी भारतसँगको खेलमा घाईते हुँदा श्रीलंका र पाकिस्तानसँगको खेल गुमाएका थिए ।

कप्तान आरोन फिन्च, डेविड वार्नर, स्टिभ स्मिथ, मिचेल स्टार्क, प्याट कमिन्स, ग्लेन म्याक्सवेलको उत्कृष्ट प्रर्दशनमा अष्ट्रेलियाले बंगलादेशमाथि सहज जित निकाल्न सक्छ । सकिबसँगै मुश्फिकुर रहिम, तामिम इकवाल, लिटन दास, मुस्ताफिजुर रहमानको प्रर्दशन बंगलादेशका लागि निकै महत्त्वपूर्ण हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.