default_image

7 years ago

June 20, 2019

अष्ट्रेलियाविरुद्ध बंगलादेश : प्लेयर्स टु वाच

115 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज अष्ट्रेलिया र बंगलादेश भिड्दै छन् । खेल नेपाली समय अनुसार ३:१५ देखी सुरु हुने छ । ५ खेलमा ४ मा जित र १ मा हारका साथ तेस्रो स्थानमा रहेको अष्टेलिया आजको खेलमा विजयी भए शीर्षस्थानमा उक्लिने छ ।

बंगलादेशले सुरुवाती ५ खेलमा समान २ मा जित र हारका साथ पाँचौ स्थानमा छ । सेमिफाईनल खेल्ने यात्रा बलियो बनाउन बंगलादेशलाई आजको खेल जित्नु पर्ने दबाव छ ।

विश्वकपमा हालसम्म अष्टेलियाले बंगलादेशसँग हारेको छैन । विश्वकपका यी दुई देशबीच तीन खेल हुँदा अष्टेलिया २ खेलमा विजयी भएको छ । १ खेलको नतिजा विहिन छ । आजको खेलमा प्रभाव पार्न सक्ने २ खेलाडी :

सकिब अल हसन (बंगलादेश)

बंगलादेश क्रिकेट इतिहासकै सर्वाधिक सफल क्रिकेटर तथा अलराउण्डर सकिब अल हसनले यस विश्वकपमा उत्कृष्ट प्रर्दशन गर्दै सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा शीर्ष स्थानमा छन् । सुरुवाती ४ खेलमा २ शतक र २ अर्ध शतक सहित कुल ३ सय ८४ रन जोडेका छन् । अलराउण्डर सकिबले ४ खेलमा ५ विकेट पनि लिएका छन् । सकिबले दक्षिण अफ्रिकासँगको पहिलो खेलमा ७५ रन बनाउनुको साथै १ विकेट लिएका थिए । न्युजिल्यान्डसँगको खेलमा २ विकेट लिदै ६४ रन जाडेपनि टोलीको हार टार्न सकेनन् । इंग्ल्यान्डसँगको खेलमा १ सय २१ रनको शतकीय इनिङ पनि खेर गएको थियो । वेस्ट इन्डिजसँगको खेलमा १ सय २४ रनमा अविजित रहनुको साथै २ विकेट लिदै सहज जित पक्का गरेका थिए ।

सकिबले २ सय २ वान डे खेलमा ९ शतक र ४४ अर्ध शतक प्रहार सहित ६ हजार १ सय १ रन बटुलि सकेका छन् । त्यस्तै बलिङतर्फ २ सय ५४ विकेट लिएका छन् । सकिबको उत्कृष्ट अलराउण्डर प्रर्दशनमा बंगलादेशले आजको खेलमा आश्चर्यजनक नतिजा निकाल्न सक्छ ।

मिचेल स्टार्क (अष्टेलिया)

तीब्र गतिका बलर मिचेल स्टार्कले आफ्नो एक्लो प्रर्दशनमा टोलीको जित पक्का गर्न सक्ने क्षमता राख्दछन् । डेथ ओभर र पावर प्लेमा उत्कृष्ट प्रर्दशन गर्ने स्टार्कको कतिपय ब्याट्सम्यानले उनको बलिङको गति पत्तोनै पाउन सक्दैनन । स्वीङ गराउन माहिर स्टार्कले तल्लोक्रममा ठूला शट प्रहार गर्ने क्षमता पनि राख्छन् ।

अष्टेलियाले सन् २०१५ को विश्वकप जिताउन २२ विकेट लिँदै म्यान अफ द सिरिज चुनिका स्टार्कले यस विश्वकपमा पनि सुरुवाती खेलमा उत्कृष्ट प्रर्दशन गर्दै १३ विकेट लिई सकेका छन् । अफगानिस्तानसँग १ विकेट लिएका स्टार्कले वेस्ट इन्डिजसँगको खेलमा ५ विकेट लिदै टोलीको जित पक्का गरेका थिए । भारतसँग १ विकेटका स्टार्कले पाकिस्तानसँग २ विकेट हात पारे । श्रीलंकासँगको खेलमा ४ विकेट लिएका थिए । स्टार्कले मात्र ८० वान डे खेलमा १ सय ५८ विकेट लिई सकेका छन् । जसमा वेस्ट प्रर्दशन ६-२८ छ ।उत्कृष्ट लयमा रहेका स्टार्क आज चम्किए अष्ट्रेलियाले सहज जित निकाल्न सक्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.