6 years ago
June 22, 2019
एजेन्सी – घरेलु टोली नेदरल्यान्ड्सले टेष्ट राष्ट्र जिम्बाबेसँगको दुई ओडीआई सिरिज जितेको छ । शुक्रबार राती दोस्रो खेलमा जिम्बाबेलाई ३ विकेटले पराजित गर्दै श्रृंखला २–० ले जितेको हो ।

२ सय ९१ रनको लक्ष्य नेदरल्यान्ड्सले ४ बल अगावै ७ विकेटको क्षतिमा पुरा गर्यो । वान डे क्रिकेटमा नेदरल्यान्ड्सले पछ्याएको यो हालसम्मकै उच्च योगफल समेत हो । नेदरल्यान्ड्सका लागि म्याक्स ओडोअडले ८१ बलमा ३ चौका र १ छक्का सहित ५९ रनको योगदान दिए । त्यस्तै ओपनर टोबिएस भिस्सीले ३३ बलमा ६ चौका र २ छक्का सहित ४१, बेन कुपर २०, वेस्ली बरेसीले २२ रन जोडे ।
तल्लोक्रमका रोलोफ भान डर मर्वेले ५४ बलमा ५ चौका र १ छक्का सहित ५७ तथा कप्तान पिटर सेलारले १५ बलमा ५ चौका र १ छक्का सहित ३२ रन जोडेपछि नेदरल्यान्ड्सको जित पक्का बनेको थियो । विकेटकीपर स्कर्ट एडवड्स ४४ रनमा अविजित रहे । जिम्बावेका लागि सन विलियम्सले ७ ओभरमा १ मेडन सहित ४३ रन खर्चेर ४ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । त्यस्तै डोनाल्ड त्रिपनो २ र टेन्डाइ चतराको १ विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ९० रन जोडेको थियो । जिम्बावेका लागि सिकन्दर राजा ६८ बलमा समान ५ चौका र छक्का सहित ८५ रनमा अविजित रहेपनि त्यो जितको लागि काम लागेन । त्यस्तै क्रेग इर्विनले १ सय ७ बलमा ८ चौका र ३ छक्का सहित ८४ रनको योगदान दिए ।
विकेटकीपर बेन्डम टेलर ५१,सोलोमन मिर २८,डोनाल्ड त्रिपनो १६ र पिटर मुरले रन बटुले । नेदरल्यान्ड्सका लागि फ्रद क्लासेनले सर्वाधिक २ विकेट हात पारे । पहिलो खेलमा नेदरल्यान्ड्सले जिम्बाबेलाई ७ विकेटले पराजित गरेको थियो । नेदरल्यान्ड्स र जिम्बाबेबीच थप दुई टी ट्वान्ट खेल हुने छ । पहिलो टी ट्वान्टी आइतबार खेल्ने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]