default_image

6 years ago

June 22, 2019

भारत विरुद्ध अफगानिस्तान : प्लयर्स टु वाच

147 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तगर्त शनिवारको पहिलो खेलमा भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि सुरु हुनेछ ।

प्रतियोगितामा अपराजित भारतले जित विहीन अफगानिस्तानमाथि फराकिलो जित निकाल्ने दाउमा छ । भारत ४ खेलमा ३ मा जित सहित चौथो स्थानमा छ । यता अफगानिस्तानले ५ खेलमा पाँचै खेल हारेको छ । अफगानिस्तान आजको खेलमा पराजित भए यस प्रतियोगिताबाट लगभग बाहिरिने छ । भारत र अफगानिस्तासँगको खेलमा प्रभाव पार्न सक्ने २ खेलाडी :

रोहित शर्मा (भारत)

उत्कृष्ट लयमा रहेका भारतीय टोलीका ओपनर रोहित शर्माले ३ खेलमा २ शतक प्रहार गरेका छन् । पहिलो खेलमै दक्षिण अफ्रिकाबिरुद्ध १ सय २२ रनमा अविजित रहेका थिए । त्यस्तै अष्टेलियासँगको खेलमा ५७ रनमा आउट भए । रोहितले पाकिस्तानसँगको खेलमा १ सय ४० रनको दमदार इनिङ खेल्दै टोलीको जित पक्का गरे । सन् २०१३ यता भारतको पहिलो रोजाईको ओपनरको रुपमा खेलि रहेका छन् ।

रोहितले आफ्नै एकै इनिङमा ठूलो योगफल बनाउदै भारतको सहज जित पक्का गर्न सक्छन् । रोहित वान डे क्रिकेटमा ३ पटक दोहोरो शतक प्रहार गर्ने एक्लो ब्याट्सम्यान हुन् । रोहिनले सन् २०१५ को विश्वकपमा अफगानिस्तानविरुद्ध १ सय २२ बलमा १२ चौका ७ चौका १ सय ५० रन जोडेका थिए । उत्कृष्ट लयमा रहेका रोहित आजको खेलमा अफगानिस्तानलाई घातक बन्न सक्छन् ।

मोहम्मद नाबी (अफगानिस्तान)

अफगानिस्तानका अलराउण्डर मोहम्मद नाबीको प्रर्दशन आजको खेलमा निर्णायक बन्न सक्छ । अनुभवी अलराउण्डर नाबीले आफ्नो बल र ब्याट दुबैमा चम्किँदै टोलीको आश्चर्यजनक नतिजा निकाल्न सक्छन् । नाबी तल्लोक्रम ठूला शट प्रहार गर्न पनि माहिर छन् । स्पिन बलिङ पनि त्यहिनै राम्रो गर्ने गर्दछन् ।

। नाबीले जारी विश्वकपमा बलिङ तर्फराम्रो छाप छाडेपछि ब्याटिङमा भने राम्रो प्रर्दशन गर्न सकि रहेका छैनन् । नाबीले ४ विकेट श्रीलंकालाई संकटमा परेका थिए । नाबीले अन्य खेलमा पनि कसिलो बलिङ गर्दै आएका छन् । नाबीले १ सय १७ वान डे खेलमा २ हजार ६ सय २९ रन बनाउनुको साथै १ सय २२ विकेट लिएका छन् ।

गत सेप्टेम्बरमा भएको एसिया कपमा भारतलाई बराबरीमा रोक्न नाबीले तल्लोक्रममा आक्रमक ब्याटिङ गर्दै ५६ बलमा ३ चौका र ४ छक्का सहित ६४ रन जोड्नुको साथै २ विकेट लिएका थिए । त्यसैले पनि नाबीको प्रर्दशन आजको खेलमा निर्णायक बन्न सक्छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.