6 years ago
June 23, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ देखि लर्ड्समा सुरु हुनेछ ।

आठौं स्थानमा रहेको दक्षिण अफ्रिका र नवौं स्थानमा रहेको पाकिस्तान गर वा मर को अवस्थामा छन् । शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने आसा जिवितै राख्न आजको खेल दुबै टोलीलाई जित्नै पर्ने दबाब छ । आजको खेलमा दक्षिण अफ्रिका पराजित भएमा शीर्ष चारमा रहेर सेमिफाइन खेल्ने सम्भावना समाप्त हुनेछ ।
दक्षिण अफ्रिकाले ६ खेलमा १ मा जित र ४ मा हारका साथ ३ अंक जोड्दै आठौं स्थानमा छ । ५ खेलमा १ मा जित र ३ मा पराजित हारका ३ अंक जोडेको पाकिस्तान नवौं स्थानमा छ । पाकिस्तान आजको खेलमा पराजित भए अंक गणितीय संभावना मात्रै बाँकी रहने छ । विश्वकपमा पाकिस्तान र दक्षिण अफ्रिकाबीच ४ खेल भएको छ । जसमा अफ्रिका ३ जित र १ मा पराजित भएको छ ।

पाकिस्तानको लागि इमरान ताहिर घातक बन्न सक्छन् । उनले सुरुवाती खेलमा राम्रो प्रर्दशन गरेका छन् । दक्षिण अफ्रिका प्रमुख बलर कागिसो रबाडाले पनि सोचे अनुसार प्रर्दशन गर्न सकि रहेका छैनन् । ओपनर क्विन्टन डी कक,कप्तान फाफ डु प्लेसिस,रस्सि भान डर दुसेन,एडेन मार्कराम बाहेक दक्षिण अफ्रिका अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकि रहेका छैनन् । अलराउण्डर जेपी ड्यूमिनीको खराब लय अफ्रिकालाई चिन्ताको विषय हो ।
यता ४ खेलमा १३ विकेट लिएका मोहम्मद आमिर आजको खेलमा नायक सावित हुन सक्छन् । ओपनर फकार जमान,बाबर आजम,मोहम्मद हफिजले राम्रै प्रर्दशन गरि रहेका छन् । आशिफ अली,ओपनर इमाम उल हक,हसन अलीको खराब प्रर्दशनले पाकिस्तानलाई चिन्ता विषय हो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]