default_image

6 years ago

June 23, 2019

पाकिस्तान विरुद्ध दक्षिण अफ्रिका : प्लेयर्स टु वाच

203 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि लर्ड्समा सुरु हुनेछ ।

आठौं स्थानमा रहेको दक्षिण अफ्रिका र नवौं स्थानमा रहेको पाकिस्तान गर वा मर को अवस्थामा छन् । शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने आसा जिवितै राख्न आजको खेल दुबै टोलीलाई जित्नै पर्ने दबाब छ । विश्वकपमा पाकिस्तान र दक्षिण अफ्रिकाबीच ४ खेल भएको छ । जसमा अफ्रिका ३ जित र १ मा पराजित भएको छ । आजको खेलमा प्रभाव पार्न सक्ने २ खेलाडी :

मोहम्मद आमिर (पाकिस्तान)

तीव्र गतिका बलर मोहम्मद आमिर बललाई स्वीङ गराउन माहिर छन् । आमिरले आफ्नो स्वीङ बलमा विपक्षी ब्याट्सम्यानलाई पावर प्ले र डेथ ओभरमा निराश बनाउने गर्दछन् । आमिरले सुरुवाती ४ खेलमा १३ विकेट लिई सकेका छन् । आमिरले पहिलो खेलमा वेस्ट इन्डिजविरुद्ध ३ विकेट लिएका थिए । इंग्ल्यान्डसँगको खेलमा पनि २ विकेट हात पारे ।

अष्ट्रेलियासँगको खेलमा ५ विकेट लिएपनि पाकिस्तान पराजित भएको थियो । आमिरले भारतविरुद्ध ३ विकेट लिएका थिए । उत्कृष्ट लयमा रहेका आमिरले आजको खेलमा पनि नायक बन्न सक्छन् ।

रस्सि भान डर दुसेन (दक्षिण अफ्रिका)

३० वर्षीय रस्सि भान डर दुसेनले जारी विश्वकपमा दक्षिण अफ्रिकाबाट राम्रो प्रर्दशन गरेका छन् । शीर्षक्रमका ब्याट्सम्यान दुसेनले गत जनवरीमा पाकिस्तानसँग वान डे क्रिकेटमा डेब्यू गरेका थिए । जारी विश्वकपको पहिलो खेलमा दुसेनले इंग्ल्यान्डविरुद्ध ५० रन जोडेका थिए । बंगलादेशविरुद्ध ४१ र भारतसँगको खेलमा २२ रन जोडे । वेस्ट इन्डिजसँगको खेल वर्षाले रद्ध हुँदा अफगानिस्तनासँग भने ब्याटिङ गर्ने मौका पाएनन् । न्युजिल्यान्डसँग आक्रमक ६७ रन जोडेका थिए ।

दुसेन पाकिस्तानसँग डेब्यू खेलमा गत जनवरीमा ९३ रन प्रहार गरेका थिए । त्यस्तै त्यसै सिरिजमा पाकिस्तनासँगको दोस्रो खेलमा ८० रनमा अविजित रहे । तेस्रो खेलमा ब्याटिङ गर्ने मौका नपाउँदा चौथो खेलमा १८ र पाँचौ खेलमा अविजित ५० रन जोड्दै दक्षिण अफ्रिकाको विश्वकप टोलीमा स्थान पक्का गरेका थिए । त्यसैले दुसेन दक्षिण अफ्रिका लागि आज नायक बन्न सक्छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.