6 years ago
June 25, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार घरेलु टोली इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि लर्ड्स क्रिकेट मैदानमा सुरुहुने छ । ६ खेलमा ४ मा जित र २ मा हारका साथ चौथो स्थानमा रहेको इंग्ल्यान्डलाई शीर्ष चारमा रहेर सेमिफाइनल खेल्न आज जित्नै पर्ने दबाब छ ।
अष्टे«लिया ६ खेलमा ५ मा जित र १ मा हारका साथ १० अंक बटुल्दै दोस्रो स्थानमा छ । आजको खेलमा विजयी भए अष्टे«लिया शीर्ष स्थानमा उक्लिने छ । उपाधिका दुई दाबेदार इंग्ल्यान्ड र अष्टे«लियाबीचको खेल रोचक र कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । आजको खेलमा प्रभाव पार्न सक्ने २ खेलाडी :
जस बटलर (इंग्ल्यान्ड)

इंग्ल्यान्डका विकेटकीपर जस बटलर विश्फोटक ब्याटिङ गर्दै टोलीको जित सहज बनाउन सक्छन् । ठूला ठूला शटका लागि माहिर बटलरले थुप्रै पटक आफ्नो उत्कृष्ट प्रर्दशनमा टोलीलाई सहज जित दिलाएका छन् ।
इंग्ल्यान्डको तल्लोक्रमका भरपर्दा ब्याट्सम्यानको छवि बनाएका बटलरले जारी विश्वकपमा पनि उत्कृष्ट प्रर्दशन गरेका छन् । बटलरले पाकिस्तानविरुद्ध १ सय ३ रनको उत्कृष्ट शतकीय इनिङ खेल्दा बंगलादेशसँग ६४ रन जोडेका थिए । अन्य खेलमा भने बटलरले ठूलो इनिङ खेल्न सकेका छैनन् ।
गत वर्ष जनवरीमा भएको अष्टे«लियासँगको पाँच वान डे खेलमा बटलरले क्रमश : ९,९१,५४,११० रन जोडेका थिए । बटलर तीब्र गतिको बलर सामु खुलेर खेल्ने गर्दछन् । अष्टे«लियाको तीब्र गतिका बलर सामु बटलर आजको खेलमा पनि उत्कृष्ट प्रर्दशन गर्न सक्छन् ।
मिचेल स्टार्क (अष्ट्रेलिया)

तीब्र गतिका बलर मिचेल स्टार्कले आफ्नो उत्कृष्ट प्रर्दशनमा टोलीको सहज जित हात पार्न सक्छ । स्टार्कले जारी विश्वकपमा पनि उत्कृष्ट प्रर्दशन गरेका छन् । स्टार्कले ६ खेलमा १५ विकेट लिई सकेका छन् । स्टार्कले अफगानिस्तानसँगको खेलमा १,वेस्ट इन्डिजविरुद्ध ५,भारतसँग १,पाकिस्तानसँग २,श्रीलंकासँग ४ र बंगलादेशसँगको खेलमा २ विकेट लिएका थिए ।
इंग्ल्यान्डलाई हराउँन श्रीलंका तीब्र गतिका बलर लाथिस मलिङ््गाले ४ विकेट लिदै सहज जित पक्का गरेका थिए । स्टार्कले पावर प्ले र डेर्थ ओभरमा उत्कृष्ट प्रर्दशन गर्ने स्टार्क आजको खेलमा इंग्ल्यान्डलाई घातक बन्न सक्छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]