default_image

6 years ago

June 25, 2019

पूर्वकप्तान आसिफ यू-१९ टोलीमा परेनन् !

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा हुने एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताको लागि नेपाली यू१९ राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

मंगलबार रोहित पौडेलको कप्तानीमा चार परिवर्तन गर्दै १४ सदस्य टोली घोषणा भएको हो । चार परिवर्तनमध्य यू१६ टोलीका कप्तान विशाल ब्रिकम केसी र तिलक भण्डारी, प्रधानमन्त्री राष्टिय क्रिकेट प्रतियोगिताका उदियमान खेलाडी खडक बाहोरा र लोकेश बम रहेका छन् । दुई महिना अघि विश्वकप छनोटमा रहँदै टोलीको कप्तानी समेत गरिसकेका ब्याट्सम्यान आशिफ शेख, सिनियर टोलीबाट खेलिसकेका सन्दीप जोरा, घरेलु प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने सुर्य तामाङ र अभिषेक बस्नेत भने टोली बाहिर रहेका छन् ।

मलेसियामा ३० जुन देखि १० जुलाई सम्म चल्ने प्रतियोगितामा समुह ए मा नेपालसँगै सिंगापुर, म्यानमार र चीन छन् । त्यस्तै समुह बी मा हङकङ, थाईल्यान्ड, भुटान र आयोजक मलेसिया छन् । यस प्रतियोगिताको विजेता टोलीले २८ अगस्ट देखी ८ सेप्टेम्बरसम्म श्रीलंकामा हुने एसिया कप खेल्न पाउने छ । प्रतिस्पर्धीहरु हेर्दा नेपाल यस प्रतियोगिताको प्रमुख दाबेदार टोली मानिन्छ ।

यस प्रतियोगिताको विजेतासँगै भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, यूएई र कुवेतले एसिया कपमा प्रतिस्पर्धा गर्ने छन् । नेपालले पहिलो खेल जुलाई २ मा म्यानमारसँग खेल्ने छ । त्यस्तै ५ जुलाईमा सिंगापुर,६ जुलाईमा चीनसँग प्रतिस्पर्धा गर्ने छ । दुवै समूहका शीर्ष दुई टोलीले जुन ८ मा हुने सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनलमा ९ जुलाईमा हुने छ ।

१४ सदस्य नेपाली टोली :
१. रोहित कुमार पौडेल (कप्तान)
२. पवन सरार्फ
३. कमलसिंह ऐरी
४. रित गौतम
५. हरि बहादुर चौहान
६. विशाल विक्रम केसी
७. प्रतिश जिसी
८. तिलक भण्डारी
९. राशिद खान
१०. भिम सार्की
११. लोकेश बहादुर बम
१२. सागर ढकाल
१३. कुशल मल्ल
१४. खडक बहादुर बोहोरा

वैकल्पिक खेलाडी :
आशिफ शेख
सन्दीप जोरा
सुर्य तामाङ
आकाश चन्द

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.