6 years ago
June 26, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज न्युजिल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखी सुरु हुनेछ ।

६ खेलमा ५ मा जित निकालेको न्युजिल्यान्ड आजको खेलमा विजयी भए दुई खेल अगावै सेमिफाइनलमा प्रवेश गर्ने छ । पाकिस्तान गर वा मरको अवस्थामा छ । पाकिस्तान आजको खेलमा पराजित भए लिगचरणबाट बाहिरिने लगभग पक्का पक्किनै हुने छ । पाकिस्तान ६ खेलमा २ मा जित र ३ मा हारका साथ सातौं स्थानमा छ ।
न्युजिल्यान्डका कप्तान केन विलियमसन उत्कृष्ट लयमा छन् । विलियमसनले दक्षिण अफ्रिका र वेस्ट इन्डिजविरुद्ध लगातार शतक प्रहार गरेका थिए । उत्कृष्ट लयमा रहेका विलियमसनलाई रोक्न पाकिस्तानी बलरलाई कठिन पर्न सक्छ । कोलिन मुनरोको खराब लय भने न्युजिल्यान्डलाई चिन्ताको विषय बनेको छ ।
ओपनर मार्टिन गुप्टिल, कप्तान विलियमसन र रोश टेलर न्युजिल्यान्डका ब्याटिङका मुख्य हतियार हुन् । उत्कृष्ट प्रर्दशन गरि रहेका तीब्र गतिका बलर ल्योकी फग्र्युसन, टेन्ट्र बोल्ट र स्पिनर मिचेल सान्टनार उसका बलिङ हतियार हुन् ।

अघिल्लो खेलमा दक्षिण अफ्रिकाविरुद्ध ८९ रन प्रहार गरेका पाकिस्तानका ह्यारिस सोहेल आजको खेलमा पनि नायक बन्न सक्छन् । पाकिस्तानको लागि बाबर आजम,फकार जमान र इमाम उल हक उसका प्रमुख ब्याटिङ हतियार हुन् । कप्तान शरफराज अहमिद र सोएब मालिकको खराब प्रर्दशन भने पाकिस्तानको लागि चिन्ताको विषय हो ।
यता ५ खेलमा १५ विकेट लिई सकेका तीब्र गतिका बलर मोहम्मद आमिर पाकिस्तानका मुख्य हतियार हुन् । त्यस्तै वहाव रियाज,सादव खान पनि राम्रै लयमा छन् । हसन अलीको खराव लय थप चिन्ताको विषय हो । विश्वकपमा पाकिस्तान र न्युजिल्यान्डबीच ८ खेल भएको छ । जसमा पाकिस्तान ६ खेलमा विजयी हुँदा २ खेलमा पराजित भएको छ ।
यी दुई देशबीच कुल १ सय ६ वान डे खेलमा प्रतिस्पर्धा भएको छ । पाकिस्तान ५४ खेलमा विजयी हुँदा ४८ खेलमा पराजित हुन पुगेको छ । ४ खेलको नतिजा विहिन छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]