6 years ago
June 27, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज उपाधिको दाबेदार भारत र वेस्टइन्डिज भिड्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ पछि म्यानचेस्टरमा सुरु हुने छ ।

भारत ५ खेलमा ४ मा जित निकाल्दै तेस्रो स्थानमा छ र आजको खेलमा विजयी भए सेमिफाइनल लगभग पक्कापक्कि हुने छ । यता ६ खेलमा १ खेलमा मात्रै जित निकालेको वेस्ट इन्डिज आठौं स्थानमा छ । शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने अंक गणीतिय झिनो आसा राख्न आजको खेल जित्नै पर्ने हुन्छ । आजको खेलमा वेस्ट इन्डिज पराजित भए लिग चरणबाट बाहिरिने तेस्रो टिम बन्ने छ । दक्षिण अफ्रिका र अफगानिस्तान बाहिरि सकेका छन् ।
वेस्ट इन्डिजका विश्फोटक ब्याट्सम्यान क्रिस गेलले ठूलो इनिङ खेल्न सकेका छैनन् । अघिल्लो खेलमा गेलले न्युजिल्यान्डविरुद्ध ८७ रन जोडेका थिए । भारतलाई स्तब्ध पार्न गेलको प्रर्दशन निर्णायक रहन सक्छ ।
विश्फोटक ब्याट्सम्यान आन्द्रे रसेल चोटका कारण विश्वकपबाट बाहिरिएका छन् । उनको स्थानमा आएका सुनिल एम्ब्रिसले आजको खेलमा गेलसँग ओपनिङगर्न सक्छन् । न्युजिल्यान्डसँग डक आउट भएका इभिन लुइसलाई बेन्चमा राख्दै वेस्ट इन्डिजले उत्कृष्ट लयमा रहेका सुनिललाई मौका दिन सक्छ । शाई होप,क्रिस गेल र शिल्डन कर्टेल वेस्ट इन्डिजका प्रमुख खेलाडी हुन् ।

यता उपाधिको दाबेदार भारतले पनि आजको खेलमा केहि खेलाडी परिवर्तन गर्न सक्छ । भारतले चौथो नम्बरका ब्याट्सम्यान विजय शंकरको स्थानमा युवा ब्याट्सम्यान तथा विकेटकीपर ऋषभ पन्तलाई मैदान उतार्न सक्ने संभावना देखिन्छ । त्यस्तै केदार जाधवको स्थानमा रविन्द्र जडेजालाई मौका दिन सक्छ । अफगानिस्तानसँगको खेलमा ह्याट्रिक गरेका मोहम्मद सामीलाई आजको खेलमा पनि भारतले निरन्तरता दिने छ । भारतका लागि विराट कोहली,रोहित शर्मा र जसप्रित बुमराह प्रमुख हतियार हुन् ।
विश्वकपमा भारत र वेस्ट इन्डिजबीच ८ खेल भएको छ । जसमा भारत ५ खेलमा विजयी हुँदा ३ खेलमा हारेको छ । यी दुई देशबीच १ सय २६ वान डे खेल भएको छ । जसमा वेस्ट इन्डिज ६२ खेलमा विजयी हुँदा ५९ खेलमा पराजित भएको छ । ५ खेलको नतिजा विहिन छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]