6 years ago
June 27, 2019
एजेन्सी – एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज भारत र वेस्ट इन्डिज भिड्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ पछि मैनचेस्टरमा सुरु हुने छ ।
५ खेलमा ४ मा जित निकाल्दै तेस्रो स्थानमा रहेको भारत आजको खेलमा विजयी भए सेमिफाइनल लगभग पक्कापक्कि हुने छ । विश्वकपमा भारत र वेस्ट इन्डिजबीच ८ खेल भएको छ । जसमा भारत ५ खेलमा विजयी हुँदा ३ खेलमा हारेको छ । भारत आजको खेलमा नयाँ जर्सिमा मैदान उत्रने बताईएको छ । भारत रवेस्ट इन्डिजको खेलमा प्रभाव पार्न सक्ने २ खेलाडी :
जसप्रित बुमराह (भारत)
भारतीय टोलीका तीब्र गतिका बलर जसप्रित बुमराह प्रमुख हतियार हुन् । बुमराह योर्कर बलको लागि माहिर छन् । बुमराहले आफ्नो उत्कृष्ट प्रर्दशनमा कठिन जितलाई पनि सहज बनाउन सक्ने क्षमता राख्छन् । पावर प्ले र डेर्थ ओभरमा उत्कृष्ट प्रर्दशन गर्ने बुमराहको बलमा विपक्ष्य ब्याट्सम्यान कमै मात्रैमा ठूलो शट खेल्ने गर्दछन् । बुमराहको बलमा अधिकाम्स ब्याट्सम्यानको ध्यान रन जोड्न बन्दा रोक्ने देखिन्छ ।

जारी विश्वकपमा पनि बुमराहले आफ्नो दबदबाह कायमै राखेका छन् । बुमराहले ४ खेलमा ७ विकेट लिएका छन् । दक्षिण अफ्रिकाविरुद्ध २ विकेट लिएका बुमराहले अष्टे«लियासँगको खेलमा ३ विकेट लिदै टोलीको सहज जित पक्का गरेका थिए । पाकिस्तानसँगको खेलमा विकेट विहीन बनेपनि अफगानिस्तानसँग २ विकेट लिदै म्यान अफ द म्याच चुनिएका थिए । छोटो समयमै विश्व क्रिकेटमा नम्बर वान बलरको छवि बनाएका बुमराहले ५३ वान डे खेलमा ९२ विकेट लिई सकेका छन् । त्यसै आजको खेलमा पनि बुमराहले उत्कृष्ट प्रर्दशन गर्दै टोलीको जित सहज बनाउन सक्छन् ।
कार्लोस ब्रेथवेट (वेस्ट इन्डिज)
युवा अलराउण्डर कार्लोस ब्रेथवेटले आफ्नो उत्कृष्ट प्रर्दशनमा भारतलाई स्तब्ध पार्न सक्छन् । सन् २०१६ को टी ट्वान्टी विश्वकपमा इंग्ल्यान्डविरुद्ध अन्तिम ओभरको चार बलमा लगातार छक्का प्रहार गर्दै वेस्ट इन्डिजलाई च्यापियन बनाएका ब्रेथवेटले जारी विश्वकपमा पनि उत्कृष्ट प्रर्दशन गरेका छन् । अघिल्लो खेलमा ब्रेथवेटले न्युजिल्यान्डविरुद्ध १ सय १ रनको आक्रमक पाली खेलेपनि टोलीको हार टार्न सकेनन् ।

तीब्र गतिमा बलिङ गर्ने ब्रेथवेट बाउन्स गराउन पनि त्यतिकै माहिर छन् । उनले अष्ट्रे लियासँगको खेलमा ३ र न्युजिल्यान्डसँगको खेलमा दुई विकेट लिएका थिए । न्युजिल्यान्डविरुद्ध शतक प्रहार गरेकाले मनोबल पनि उच्च छ । उत्कृष्ट लयमा रहेका ब्रेथवेटले आफ्नो अलराउण्डर प्रर्दशनमा भारतलाई स्तब्ध पार्न सक्छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]