6 years ago
June 27, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा वेस्टइन्डिज विरुद्ध भारतले पहिला ब्याटिङ गर्ने भएको छ ।

म्यानचेस्टरमा भर्खर सम्पन्न टसमा भारतका कप्तान विराट कोहलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । भारतले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । वेस्ट इन्डिजले भने दुई खेलाडी परिवर्तन गरेको छ । इभिन लुइसको स्थानमा सुनिल एम्ब्रिसन र एलशे नर्शको स्थानमा फबिएन एलिनलाई मौका दिएको छ ।
भारतको प्लेइङ ११ : रोहित शर्मा,विराट कोहली(कप्तान), लोकेश राहुल, महेन्द्र सिंह धोनी(विकेटकीपर), केदार जाधव, हार्दिक पान्ड्या, मोहम्मद सामी, कुलदीप यादव, युजवेन्द्र चाहल, जसप्रित बुमराह र विजय शंकर ।
वेस्ट इन्डिजको प्लेइङ ११ : क्रिस गेल,सुनिल एम्ब्रिस,शाई होप(विकेटकीपर),निकोलस पुरन,शिमरोन हिटमायर,जोसन होल्डर(कप्तान),कार्लोस बर्थवेट,फबिएन एलिन,केमर रोच,शिल्डन कर्टेल र ओशन थोमस ।
भारत ५ खेलमा ४ मा जित निकाल्दै तेस्रो स्थानमा छ र आजको खेलमा विजयी भए सेमिफाइनल लगभग पक्कापक्कि हुने छ । यता ६ खेलमा १ खेलमा मात्रै जित निकालेको वेस्ट इन्डिज आठौं स्थानमा छ । शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने अंक गणीतिय झिनो आसा राख्न आजको खेल जित्नै पर्ने हुन्छ । आजको खेलमा वेस्ट इन्डिज पराजित भए लिग चरणबाट बाहिरिने तेस्रो टिम बन्ने छ । दक्षिण अफ्रिका र अफगानिस्तान बाहिरि सकेका छन् ।
विश्वकपमा भारत र वेस्ट इन्डिजबीच ८ खेल भएको छ । जसमा भारत ५ खेलमा विजयी हुँदा ३ खेलमा हारेको छ । यी दुई देशबीच १ सय २६ वान डे खेल भएको छ । जसमा वेस्ट इन्डिज ६२ खेलमा विजयी हुँदा ५९ खेलमा पराजित भएको छ । ५ खेलको नतिजा विहिन छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]