default_image

6 years ago

June 27, 2019

वेस्टइन्डिजविरुद्ध भारतको मध्यम योगफल

112 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा भारतले वेस्ट इन्डिजलाई २ सय ६९ रनको मध्यम लक्ष्य दिएको छ ।

म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको भारतले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६८ रन बनायो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ७२ रनको योगदान दिए । ३९ ओभरको दोस्रो बलमा क्याच आउट हुनुअघि कोहलीले ८२ बलमा ८ चौका प्रहार गरे ।

भारतले पहिलो विकेटका रुपमा ओपनर रोहित शर्मालाई १८ रनमा गुमाएको थियो । केमर रोचको छैटौं ओभरको अन्तिम बलमा कटविहाइन्ड निकाल्दै शाई होपबाट क्याच गराउँदै पेभिलिएन फर्काए । सुरुवाती समय एम्पारले आउट नदिएपनि कप्तान जोसन होल्डरले रिब्यु लिदै रोहितलाई पेभिलिएनको बाटो देखाए ।

२१ ओभरको चौथो बलमा होल्डरले अर्का ओपनर केएल राहुललाई ४८ रनमा बोल्ड आउट गरे । राहुलले ६४ बलमा ६ चौका प्रहार गरे । २७ ओभरको पहिलो बलमा विजय शंकर १४ रनमा क्याच आउट भए । केदार जाधव ७ रनमा क्याच आउट भएपछि भारत दबाबमा परेको थियो ।

छैटौं विकेटका लागि महेन्द्र सिंह धोनी र हार्दिक पान्ड्याले ७० रनको साझेदारी गर्दै भारतको इनिङ उकासे । धोनी ६१ बलमा ३ चौका र २ छक्का सहित ५६ रनमा अविजित रहे । हार्दिकले ३८ बलमा ५ चौका सहित ४६ रनको योगदान दिए । वेस्ट इन्डिजका लागि केमर रोचले १० ओभरमा ३६ रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै कप्तान जोसन होल्डर र शिल्डन कर्टेलको नाममा समान २ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.