default_image

6 years ago

June 28, 2019

श्रीलंकाले पहिला ब्याटिङ गर्दै

146 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकाबीरुद्ध दक्षिण अफ्रिकाले पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

भर्खर सम्पन्न टसमा दक्षिण अफ्रिका कप्तान फाफ डु प्लेसिसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । आजको खेलमा दक्षिण अफ्रिकाले दुई खेलाडी परिवर्तन गरेको छ । लुन्गी निडी र डेविड मिलरको स्थानमा जेपी ड्युमिनी र ड्वाइन प्रीटोरियसलाई मौका दिएको छ । श्रीलंकाले भने एक खेलाडी परिवर्तन गरेको छ । नुवान प्रदीपको स्थानमा सुरुङ्गा लकमललाई मौका दिएको छ ।

दक्षिण अफ्रिकाको प्लेइङ ११ : क्विन्टन डी कक, हसिम हमला, फाफ डु प्लेसिस(कप्तान), एडेन मार्कराम, रस्सि भान डर दुसेन, ड्वाइन प्रीटोरियस, एन्डिलो फेहलुकवलो, क्रिस मोरिस, कागिसो रबाडा, जेपी ड्युमिनी, इमरान ताहिर ।

श्रीलंकाको प्लेइङ ११ : दिमुथ करुणारत्ने(कप्तान),कुशल परेरा,अविष्का फर्नान्डो,कुशल मेन्डिस,एन्जिलो मेथ्युज,धनञ्जय डी शिल्भा,थिसेरा परेरा,जीवन मेन्डिस,इसरु उडना,लासिथ मलिंगा र सुरुङ्गा लकमल ।

७ खेलमा १ मा जित र ५ मा हारका साथ नवौं स्थानमा रहेको दक्षिण अफ्रिका उपाधि होडबाट बाहिरिसकेको छ । उसको लागि आजको खेल प्रतिष्ठाको लडाईंमात्रै हुने छ ।

यता ६ खेलमा समान २ मा जित र हारका साथ सातौं स्थानमा रहेको श्रीलंकाको भने शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने झिनो अंक गणितीय संभावना बाँकी छ । आज सहित बाँकी दुबै खेलमा विजयी भए र अन्य टोलीको नतिजा आफुअनुकुल आएको खण्डमा श्रीलंका सेमिफाइनलमा पुग्न सक्ने अंक गणितीय झिनो संभावना देखिन्छ । आजको खेलमा पराजित भए श्रीलंकाको पनि अघिल्लो चरणको यात्रा लगभग समाप्त हुने छ ।

यसअघि उपाधिको प्रमुख दाबेदार इंग्ल्यान्डलाई स्तब्ध पारेको श्रीलंकाको मनोबल पनि उच्च छ । श्रीलंकाका लागि कप्तान दिमुथ करुणारत्ने,तीब्र गतिका बलर लाथिस मलिङ्गा र कुशल परेरा प्रमुख हतियार हुन् । मिडिल अडरका ब्याट्सम्यानको खराब प्रर्दशनले श्रीलंका भने केहि समस्यामा देखिन्छ ।

यता आसा गरेभन्दा खराब प्रर्दशन गरि रहेको दक्षिण अफ्रिका लागि ओपनर क्विन्टन डी कक,कप्तान फाफ डु प्लेसिस र स्पिनर इमरान ताहिरको प्रर्दशन अफ्रिकाको लागि महत्वपूर्ण हुने छ । तीब्र गतिका बलर कागिसो रबडाको खराब प्रर्दशन अफ्रिकाको लागि ठूलो चिन्ताको विषय हो ।

विश्वकपमा यी दुई देशबीच ५ खेल भएको छ । जसमा दक्षिण अफ्रिका ३ खेलमा विजयी हुँदा १ मा पराजित भएको छ । एक खेल बराबरीमा सकिएको छ । यी दुई देशबीच ७६ वान डे खेल भएको छ । जसमा दक्षिण अफ्रिका ४३ खेलमा विजयी हुँदा ३१ खेलमा पराजित भएको छ । २ खेलको नतिजा विहिन छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.