default_image

6 years ago

June 28, 2019

श्रीलंकामाथि दक्षिण अफ्रिकाको सानदार जित

111 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकामाथि ९ विकेटको सानदार जित निकालेको छ । सेमिफाइनल होडबाट बाहिरि सकेको अफ्रिकाको विश्वकपमा यो दोस्रो जित हो ।

श्रीलंकाको भने तेस्रो हार हो । यो हारसँगै श्रीलंका शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना अब अंकगणीतिय झिनो आसामात्रै बाँकी रहेको छ । २ सय ४ रनको विजयी लक्ष्य दक्षिण अफ्रिकाले ३७.२ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्यो । अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले १ सय ३ बलमा १० चौका र १ छक्का सहित ९६ रनमा अविजित रहदै टोलीको जित पक्का गरे ।

त्यस्तै ओपनर हासिम अमला पनि १ सय ५ बलमा ५ चौका सहित ८० रनमा अविजित रहे । दोस्रो विकेटका लागि अमला र डु प्लेसिसले १ सय ७५ रनको उत्कृष्ट अविजित शतकीय साझेदारी गरेपछि अफ्रिकाले सहज जित हात पारेको हो ।

दक्षिण अफ्रिकाले पाँचौ ओभरको पाँचौ बलमा ओपनर क्विन्टन डी ककलाई १५ रनमा गुमाएको थियो । डी ककलाई लाथिस मलिंगाले बोल्ड आउट गरेका थिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९.३ ओभरमा अल आउट हुँदै २ सय ३ रन बनायो । श्रीलंकाले पहिलो ओभरको पहिलो बलमै कप्तान दिमुथ करुणारत्नेलाई शून्यमा गुमाएको थियो । उनलाई कागिसो रबडाले कप्तान फाफ डु प्लेसिसबाट क्याच आउट गराए । दोस्रो विकेटका लागि अविष्का फर्नान्डो र कुशल परेराले ६७ रनको साझेदारी गर्दै श्रीलंकाको इनिङ उकासेका थिए ।

तर दशौं ओभरको पाँचौ बलमा ड्वाइन पिटोरियसले कप्तान डु प्लेसिसबाटनै क्याच गराउँदै फ्रर्नान्डोलाई ३० रनमा आउट गरेपछि दक्षिण अफ्रिका खेलमा फर्किएको थियो । उनले २९ बलमा ४ चौका प्रहार गरे । त्यस्तै १२ ओभरको तेस्रो बलमा प्रिटोरियसले परेरालाई ३० रनमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काए । श्रीलंकाको विकेटपतन क्रम रोकिएन । कुनै पनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् ।

कुशलले ३४ बलमा ४ चौका प्रहार गरे । कुशल मेन्डिस २३,एन्जिलो मथ्युज ११ र धनञ्जय डी शिल्भा २४ रनमा आउट भएपछि श्रीलंका संकटमा परेको थियो । तल्लोक्रमका तिसेरा परेराले २५ बलमा २१,इसुरु उडनाले १७ ,सुरुङ्गा लकमल ५ र लाथिस मलिंगाले ४ रनको योगदान दिए ।

दक्षिण अफ्रिका लागि ड्वाइन पिटोरियसले १० ओभरमा २ मेडन सहित २५ रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै क्रिस मोरिसले ९.३ ओभरमा ४६ रन खर्चेर ३ र कागिसो रबाडाले २ विकेट हात पारे । एन्डिलो फहलुकवयो र जेपी ड्युमिनीको नाममा पनि समान १ विकेट रह्यो ।

८ खेलमा खेलमा २ मा जित र ५ मा हारका साथ आठौं स्थानमा रहेको दक्षिण अफ्रिकाले आफ्नो अन्तिम खेल जुलाई ६ मा अष्टे«लियासँग खेल्ने छ । त्यस्तै ७ खेलमा २ मा जित र ३ मा हारका साथ सातौं स्थानमा रहेको श्रीलंकाले आफ्नो आठौं खेल वेस्ट इन्डिजसँग सोमबार खेल्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.