default_image

6 years ago

June 29, 2019

कप्तानको स्थान ओगटेका खडक

153 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

मलेसियामा हुने एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताको लागि नेपाली यू-१९ क्रिकेट टोलीको अन्तिम टोली छनोट हुँदा एक खबरले सारा क्रिकेट जगतलाई तरंगित बनायो । यू-१९ टोलीको कप्तानी गर्दै सिनियर टोलीबाट समेत खेलिसकेका आसिफ शेख टोलीमा परेनन् । यसअघि लगातार टोलीको विकेटकिपर रहँदै आएका आसिफको स्थान नेपाली क्रिकेटका नयाँ अनुहार खडक बोहराले लिएका थिए ।

विकेटकीपर तथा ओपनर ब्याट्सम्यान खडक एक महिनाअघि काठमाडौंमा सम्पन्न प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा उदीयमान खेलाडी घोषित भए । पीएम कपमा सुदूरपश्चिम प्रदेशबाट खेलेका उनले एपीएफविरुद्ध डेब्यू गर्दै १९ रन जोडे । प्रदेश ५ विरुद्ध ६२ र प्रदेश तीन विरुद्ध ४० रन जोड्दै ठूलो संभावना देखाए । पीएम कपमा राम्रो छाप छोडेपछि यू-१९ टोलीका प्रशिक्षक विनोद दासले यू१९ बन्द प्रशिक्षण टोलीमा उनलाई समेटे ।

यसै साताबाट इस्टर्न रिजन प्रतियोगिताको लागि नेपालले तीन नयाँ अनुहार सहित गत मंगलबार १४ सदस्य टोली घोषणा गर्दा खडक टोलीमा पर्न सफल रहे । प्रशिक्षक दासको भनाइ मान्ने हो भने खडकको खेल्ने क्षमता र उमेरका कारण नै उनी आसिफको स्थानमा टोलीमा पर्न सफल भएका हुन् । आसिफले नियमित उमेर समूहको क्रिकेट खेलेको र अहिले क्षमतावान खेलाडी आएपछि भविष्यलाई मध्यनजर गर्दै खडकले मौका पाएको विनोदले बताए ।

बुबा हिक्मत बहादुर बोहरा र आमा जानकी बोहराका पहिलो सन्तान हुन् खडक । बैतडीको देहीमाडौंमा विंस.२०५९ सालमा जन्मिएका खडकका एक बहिनी र भाई छन् । सानै उमेरदेखी क्रिकेटमा अत्याधिक रुचि राख्ने र खेल्ने गर्दथे । उनले क्रिकेटबाहेक अन्य केहि कहिले पनि सोचेनन् । बैतडीमा सानै उमेर देखी क्रिकेट खेल्ने उनले दाईहरुसँग सिक्ने गर्दथे । एसएलसी दिँदासम्म गाउँघरमा नै सामान्य क्रिकेट खेलेका उनलाई माथिल्लो स्तरमा क्रिकेट खेल्नु थियो । उनको क्रिकेट रुचिलाई देखेर बुबा हिक्मत र अंकल वीरसिंह बोहोराले पनि राम्रो साथ दिए ।

बुबा र अंकलको सल्लाहमा नै सामान्य रुपमा क्रिकेट खेली रहेका उनि आफ्नो क्रिकेटलाई उचाई दिन एसएलसी दिएपछि तीन वर्षअघि उनि काठमाडौं छिरे । दुई वर्षदेखि खडक काठमाडौंमा रहेको हिमालयन क्रिकेट टेनिङ सेन्टरमा प्रशिक्षरणत छन् । उनलाई यहाँसम्म ल्याउन अंकल बिरसिंहको ठूलो साथ रहेको छ । आफ्नो हरेक सफलताको पछाडीको अंकलकोनै हात रहेको बताउछन् । बैतडीमा उनको अंकलको पसल छ । बुबाले भने भारतमा ड्राइभिङ गर्नुहुन्छ । उनको सबै खर्च बुवा र अंकलले हेर्दै आएका छन् ।

‘बैतडीको त्यो दुर्गम ठाउँबाट यहाँसम्म आउन थुप्रै चुनौती र समस्याको सामना गर्नुपर्यो । त्यहाँ एउटा राम्रो क्रिकेट एकेडेमी छैन । मध्यमवर्गिय परिवारमा जन्मिएपछि क्रिकेटमा लाग्न समस्या नै समस्या छ,’ खडकले गम्भिर हुँदै भने, ‘ सानैदेखि लगाव रहेकाले परिवारको साथ पाएँ । सायद वहाँहरुको हौसला नभएको भए यहाँसम्मको यात्रा सपनामा मै सिमित हुने थियो । ‘

खडकले प्रधानमन्त्री कप खेल्नुअघि नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय क्रिकेट प्रतियोगिता र २०७४ सालमा मनमोहन मेमोरियल यू१६ क्रिकेट प्रतियोगिता पनि खेलिसकेका छन् । उनी पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेका हुन् ।

पछिल्लो तीन वर्षदेखि खडक क्रिकेट सिक्नकै लागि उनि काठमाडौंमा कोठा लिएर बसेका छन् । क्रिकेटसँगै पढाईपनि अघि बढाईरहेका उनी हाल जन सेवा उच्च माध्यमिक कीर्तिपुरबाट कक्षा १२ परिक्षा दिएर बसेका छन् । क्रिकेटमा नै आफ्नो अधिकांश समय समर्पण गरेका खडकसँग यसअघि यू-१६ टोलीमा नपर्नुको दुखेसो भने छ ।

‘मैले राष्ट्रिय यू-१६ नखेली यहाँसम्मको यात्रा कठिन रहयो । क्यान नभएको अवस्थामा युवा खेलाडीलाई आफ्नो क्षमता देखाउनै निकै गाह्रो छ । यू-१९ लाई मैले क्रिकेट जीवनको ठूलो अवसरका रुपमा लिएको छु । यस अवसरलाई सदुपयोग गर्दै आउने दिनमा अझै माथिल्लो स्तरमा खेल्ने लक्ष्य छ । यसका लागि निरन्तर मिहिनेत जारि राख्ने छु,’ उनले टुंग्याए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.