default_image

6 years ago

June 29, 2019

साविक विजेता र उप विजेता भिड्दै

128 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको दोस्रो खेलमा साविक विजेता अष्ट्रेलिया र उपविजेता न्युजिल्यान्ड भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ६:१५ पछि क्रिकेटको मक्का मानिने लड्स मैदानमा सुरु हुनेछ ।

अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । अष्ट्रेलिया शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्न आजको खेल जित्नु पर्ने हुन्छ । अष्टेलिया ७ खेलमा ६ मा जित र १ मा हारका साथ शीर्ष स्थानमा छ । यता ७ खेलमा ५ मा जित र १ मा हारका साथ तेस्रो स्थानमा रहेको न्युजिल्यान्ड पनि सेमिफाइनल नजिक छ । आजको खेलमा विजयी भए एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्ने छ ।

सन् २०१५ को विश्वकप फाइनलमा अष्टेलियाले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै पाँचौ पटक च्याम्पियन बनेको थियो । यस पटक पनि उपाधिको दाबेदार मानिएको अष्टेलिया त्यो नतिजा दोहोराउन चाहान्छ । जारी विश्वकपमा २-२ शतक प्रहार गरेका ओपनर डेविड वार्नर र कप्तान आरोन फिन्चको प्रर्दशन आजको खेलमा पनि महत्वपूर्ण हुने छ ।

वार्नरले ७ खेलमा २ शतक र ३ अर्ध शतक सहित ५ सय रन बनाउदै शीर्ष स्थानमा छन् । त्यस्तै दोस्रो स्थानमा रहेका कप्तान फिन्चले पनि समान खेलमा २ शतक र ३ अर्ध शतक सहित ४ सय ९६ रन बटुलेका छन् । त्यस्तै तीब्र गतिका बलर मिचेल स्टार्कले ७ खेलमा १९ विकेट लिर्दै सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा शीर्ष स्थानमा छन् । स्टार्कको घातक बलिङमा सहज जित हात पार्न सक्छ ।

यता न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनको प्रर्दशन निकै महत्वपूर्ण हुने छ । विलियमसनले ५ खेलमा २ शतक र १ अर्ध शतक सहित ४ सय १४ रन बनाई सकेका छन् । अष्टेलियाका लागि विलियमसन घातक बन्न सक्छन् । ओपनर मार्टिन गुप्टिल,कोलिन मुनरो,मध्यक्रमका टम लेथम,रोस टेलरको खराब प्रर्दशन न्युजिल्यान्डको लागि चिन्ताको विषय बनेको छ । ट्रेन्ट बोल्ट र ल्योकी फर्गुसन न्युजिल्यान्डका बलिङ हतियार हुन् ।

विश्वकपमा यी दुई देशबीच १० खेल भएको छ । जसमा न्युजिल्यान्ड ३ खेलमा विजयी हुँदा ७ खेलमा पराजित हुन पुगेको छ । यी दुई देशबीच कुल १ सय ३६ वान डे खेल भएको छ । जसमा अष्टेलियाले ९० खेलमा जित निकाल्दा ३९ खेलमा मात्रै पराजित हुन पुगेको छ । ७ खेलको नतिजा विहिन छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.