default_image

6 years ago

June 29, 2019

अफगानिस्तानले पहिला ब्याटिङ गर्ने

160 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार पहिलो खेलमा पाकिस्तानविरुद्ध अफगानिस्तानले पहिला ब्याटिङ गर्ने भएको छ ।

भर्खर सम्पन्न टसमा अफगानिस्तानका कप्तान गुलबदीन नाइबले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । पाकिस्तानले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । अफगानिस्तानले भने एक खेलाडी परिवर्तन गरेको छ । दलात जदरानको स्थानमा हमिद हसनलाई मौका दिएको छ ।

पाकिस्तानको प्लेइङ ११ : इमाम उल हक, फकार जमान, बाबर आजम, मोहमद हफिज, सरफराज अहमद (कप्तान), हरिस सोहेल, इमाद वसीम, वाहब रियाज, शादब खान, मोहमद आमीर, शाहिन अफ्रिदि ।

अफगानिस्तानको प्लेइङ ११ : रहमत शाह,समिउल्लाह शिनवारी , नजिवुल्लाह, हशमतुल्ला शाहीदि, अस्गर अफगान, मोहम्मद नाबी, इकराम अलिखिल, गुवदीन नाइब(कप्तान), राशिद खान, मुजिव उर रहमान, अमिद हसन ।

७ खेलमा समान ३ मा जित र हारका साथ छैटौं स्थानमा रहेको पाकिस्तान आजको खेलमा विजयी भए घरेलु टोली इंग्ल्यान्डलाई पछि पार्दै चौथो स्थानमा उक्लिने छ । आजको खेलमा पराजित भए शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना अंक गणितीय झिनो आसा मात्रै बाँकी रहने छ । पाकिस्तानको नतिजाले घरेलु टोली इंग्ल्यान्डलाई ठूलो प्रभाव पार्नेछ ।

प्रतियोगिताबाटै बाहिरिसकेको अफगानिस्तानलाई भने आजको खेल प्रतिष्ठाको लडाइँ हुनेछ । बिना दबाब मैदान उत्रने अफगानिस्तान पहिलो जितको खोजिमा छ । सुरुवाती ७ खेलमा पराजित हुँदै अफगानिस्तान लिग चरणबाटै बाहिरिसकेको छ । विश्वकपमा अफगानिस्तान र पाकिस्तान पहिलो पटक भिड्न लागेका हुन् । यी दुई देशबीच ३ वान डे खेल भएको छ । जसमा तीनै खेलमा पाकिस्तान विजयी भएको छ ।

संयोग नै मान्नुपर्छ, पाकिस्तानको सुरुवाती ७ खेलमा सन् १९९२ र २०१९ को विश्वकपको नतिजा ठ्याक्कै मिल्न पुगेको छ । सन् १९९२ मा विश्वकप उपाधि जित्दा पाकिस्तानले पहिलो खेल हारेको थियो । दोस्रोमा जित, तेस्रो वर्षाको कारण रद्ध हुँदा चौथो र पाँचौ खेल हारेको थियो । छैटौं र सातौ खेल जित निकालेको थियो । जुन यस विश्वकपमा पनि पाकिस्तानले नतिजा त्यहि रहेको छ ।

न्युजिल्यान्डसँगको खेलमा शतक प्रहार गरेका बाबर आजम, ह्यारिस सोहेल र तीव्र गतिका बलर मोहम्मद आमिर पाकिस्तानका प्रमुख हतियार हुन् । हसन अल र सोएब मालिकको खराब प्रर्दशन चिन्ताको विषय हो ।

लेग स्पिनर राशिद खानको खराब प्रर्दशन अफगानिस्तानलाई घातक बन्न पुगेको छ । कमजोर ब्याटिङ अफगानिस्तानको ठूलो चिन्ताको विषय हो । मोहम्मद नाबी र मुजिव उर रहमान उसका प्रमुख खेलाडी हुन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.