default_image

6 years ago

June 30, 2019

नेपाली यू-१९ टोलीलाई औपचारिक बिदाई नहुने !

120 views

0 Bookmark

एजेन्सी – मलेसियामा एसीसी यू-१९ इस्टर्न रिजन-२०१९ प्रतियोगिताको लागि उपाधि जित्ने लक्ष्यका साथ नेपाली यू१९ टोली आज त्यसतर्फ लाग्दैछ ।

विश्वकप छनोट खेल्न प्रस्थान गर्दाको फाइल फोटो

नेपाली टोली दिउँसो २ बजे मलेसिया प्रस्थान गर्ने छ । नेपाली यू१९ टोलीलाई औपचारिक विदाई नहुने भएको छ । यू१९ टोलीका प्रशिक्षक विनोद दासका अनुसार सदस्य सचिव नभएको अवस्थामा विदाई कार्यक्रम हुन नसकेको हाम्रो खेलकुदलाई जानकारी दिए ।

जुलाई २ देखी ९ सम्म चल्ने प्रतियोगिताको समुह ‘ए’ मा नेपाल,सिंगापुर र चीन छन् । नेपालको समुहबाट म्यानमारले नाम फिर्ता लिएको छ । समुह ‘बी’ मा हङकङ, थाईल्यान्ड, भुटान र आयोजक मलेसिया छन् । नेपालले पहिलो खेल जुलाई ३ मा चीनसँग खेल्ने छ । त्यस्तै ५ जुलाईमा सिंगापुरसँग खेल्ने छ । दुवै समूहका शीर्ष दुई टोलीले जुन ८ मा हुने सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनलमा ९ जुलाईमा हुने छ ।

प्रतियोगिताको विजेताले श्रीलंकामा हुने यू-१९ एसिया कपमा सहभागिता जनाउनेछ । यस प्रतियोगिताको विजेतासँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, यूएई र कुवेतले प्रतियोगितामा सहभागिता जनाउने पक्का भइसकेको छ । प्रतियोगिता २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म संचालन हुनेछ ।

नेपालले गत मंगलबार तीन नयाँ अनुहार सहित १४ सदस्यीय नेपाली टोली घोषणा गरि सकेको छ ।
नेपाली टोली :
१. रोहित कुमार पौडेल (कप्तान)
२. पवन सरार्फ
३. कमलसिंह ऐरी
४. रित गौतम
५. हरि बहादुर चौहान
६. विशाल विक्रम केसी
७. प्रतिश जिसी
८. तिलक भण्डारी
९. राशिद खान
१०. भिम सार्की
११. लोकेश बहादुर बम
१२. सागर ढकाल
१३. कुशल मल्ल
१४. खडक बहादुर बोहरा

अफिसियल :
प्रशिक्षक : विनोद दास

व्यवस्थापक : राजु खड्का
फिजियो : विक्रम न्यौपाने

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.