default_image

6 years ago

June 30, 2019

भारतलाई हराउनै पर्ने दबाबमा इंग्ल्यान्ड

116 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेटमा आज भारत र इंग्ल्यान्ड भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि सुरु हुनेछ ।

श्रीलंका र पाकिस्तानसँग अप्रत्यासित हार बेहोरेको घरेलु टोली इंग्ल्यान्डलाई शीर्ष चारमा रहेर सेमिफाइनल खेल्न आजको खेल जित्नै पर्ने दबाब छ । ७ खेलमा ४ मा जित र ३ मा हारका साथ पाँचौ स्थानमा रहेको इंग्ल्यान्ड आजको खेलमा पराजित भए सेमिफाइनल यात्राको संभावना अंक गणितीयमात्रै बाँकी रहने छ ।

यता ६ खेलमा ५ मा जितका साथ दोस्रो स्थानमा रहेको भारत आजको खेलमा विजयी भए सेमिफाइनलमा प्रवेश गर्ने छ । भारत पनि त्यहि सोचमा मैदान उत्रने छ । गत वर्ष इंग्ल्यान्डले घरेलु मैदानमा भएको ३ वान डे सिरिजमा भारतलाई २–१ ले हराएको थियो । त्यो सिरिजको नतिजाले इंग्ल्यान्डको मनोबल अलि उच्च हुने छ ।

तर श्रीलंकासँगको अप्रत्यासितको हारले इंग्ल्यान्ड टोली ठूलो दबाबमा छ । दबाबमा इंग्ल्यान्ड कस्तो खेल्न सक्छ त्यसमा बढी निर्भर रहने छ । भारत आज नयाँ जर्सिमा मैदान उत्रने छ ।

इंग्ल्यान्डका ओपनर जोसन रोय आज टोलीमा फर्किने छन् । रोयको आगमले इंग्ल्यान्डलाई ठूलो राहत पुग्न सक्छ । वेस्ट इन्डिजसँगको खेलमा घाइते भएका रोयले श्रींलका,अष्टेलिया र अफगानिस्तानसँगको खेल गुमाउनु परेको थियो । रोयको अभावमा श्रीलंका र अष्टेलियासँगको खेलमा इंग्ल्यान्डको ब्याटिङ कमजोर मानिएको थियो । त्यस्तै ओपनर जोनी बेयरस्टोलाई पनि ठूलो इनिङ खेल्न दबाब छ । जो रुट,जोफ्रा आर्चर,बेन स्टोक्स र जस बटलरको प्रर्दशन इंग्ल्यान्डको लागि आज महत्वपूर्ण हुने छ ।

यता भारतलाई चौथो नम्बरकै चिन्ता छ । चौथो नम्बरको विजय शंकरको स्थानमा आज भारतले दिनेश कात्तिक वा ऋषभ पन्तलाई मौका दिन सक्ने संभावना रहेको छ । अन्य खेलाडी भने परिवर्तन गर्ने देखिदैन । विराट कोहली,रोहित शर्मा,जसप्रित बुमराह भारतका मुख्य हतियार हुन् । शीर्षक्रमका ब्याट्सम्यानमा निर्भर भारतको लागि मध्यक्रम र तल्लोक्रम भने उसको मुख्य कमजोरी हो ।

भारत र इंग्ल्यान्डबीच कुल ९९ एक दिवसिय खेल भएको छ । जसमा भारत ५३ खेलमा विजयी हुँदा ४१ खेलमा पराजित हुन पुगेको छ । ३ खेलको नतिजा विहीन छ । विश्वकपमा भने यी दुईदेशबीच ७ खेल भएको छ । जसमा समान ३ खेलमा इंग्ल्यान्ड र भारत विजयी भएका छन् भने एक खेल बराबरीमा सकिएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.