default_image

6 years ago

June 30, 2019

भारतविरुद्ध बेयरस्टोको शानदार शतक

153 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका ओपनर जोनी बेयरस्टोले आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा भारतविरुद्ध शानदार शतक पुरा गरेका छन् ।

सुरुवातबाटै भारतीय बलरमाथि आक्रमक ब्याटिङ गरि रहेका बेयरस्टोले ९० बलमा वान डे करियरको ८ औं तथा विश्वपकमा आफ्नो पहिलो शतक पुरा गरे । बेयरस्टोले ९० बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै शतक पुरा गरेका छन् । उनले २६ ओभरको अन्तिम बलमा हार्दिक पान्ड्याको बलमा १ रन बटुल्दै शतक पुरा गरेका हुन् ।

त्यस्तै ओपनर जोसन रोयले ५७ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ६६ रनमा क्याच आउट भए । रोय र बेयरस्टोले पहिलो विकेटका लागि २२.१ ओभरमा १ सय ६० रनको साझेदारी गरेपछि इंग्ल्यान्डले उत्कृष्ट सुरुवात गरेको छ । कुलदीप यादवको बलमा ठूलो शट खेल्ने धुनमा बाउन्ड्री लाइन नजिकै रोयलाई रविन्द्र जडेजाले उत्कृष्ट क्याच गरेपछि इंग्ल्यान्डको शतकीय साझेदारी तोडिएको हो ।

बेयरस्टोलाई जो रुटले १२ रनमा साथ दिई रकेका छन् । इंग्ल्यान्डले २६ ओभरमा १ सय ८६ रन बनाउन १ विकेट गुमाएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.