default_image

6 years ago

June 30, 2019

रोहितको उत्कृष्ट शतक

142 views

0 Bookmark

एजेन्सी – भारतीय टोलीका ओपनर रोहित शर्माले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा इंग्ल्यान्डविरुद्ध पनि उत्कृष्ट शतक प्रहार गरेका छन् ।

१ सय ६ बलमा रोहितले आफ्नो वान डे करियरको २५ औं तथा जारी विश्वकपमा आफ्नो तेस्रो शतक पुरा गरे । रोहितले शतक पुरा गर्न १५ चौका प्रहार गरे । रोहितले यसअघि पाकिस्तान र दक्षिण अफ्रिकासँगको खेलमा पनि शतक प्रहार गरेका थिए ।

शतक बनाएका रोहितले त्यसपछि भने लामो समय क्रिजमा टिक्न सकेनन् । उनी १ सय २ रनमा क्रिस वक्सको बलमा विकेटकिपरबाट क्याच आउट भए । क्रिजमा ऋषभ पन्त २६ रनमा खेलिरहेका छन् । ३ सय ३८ रनको विशाल लक्ष्य पछ्याएको भारतले ३६.१ ओभरमा १ सय ९८ रन बनाउँदै २ विकेट गुमाएको छ ।

भारतले तेस्रो ओभरको तेस्रो बलमा ओपनर के एल राहुललाई शुन्यमा गुमाएको थियो । राहुललाई क्रिस वोक्सले आफैं क्याच लिदै पेभिलिएन फर्काए ।

दोस्रो विकेटका लागि रोहित र कप्तान विराट कोहलीले १ सय ३८ रनको साझेदारी गर्दै इनिङ उकासे । विराटलाई २९ ओभरको दोस्रो बलमा लियाम प्लन्केटले ६६ रनमा क्याच गराए । कोहलीले ७६ बलमा ७ चौका प्रहार गरे ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.