default_image

5 years ago

July 1, 2019

इंग्ल्यान्डसँग भारतले हार्नुको प्रमुख तीन कारण

एजेन्सी – आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा भारतले पहिलो हार बेहोरेको छ । आईतबार राती सम्पन्न खेलमा घरेलु टोली इंग्ल्यान्डसँग भारत ३१ रनले स्तब्ध हुन पुग्यो । यो जितले इंग्ल्यान्डको शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना बलियो बनेको छ । विश्वकपमा भारतको यो पहिलो हार हो । टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली इंग्ल्यान्डले […]

31 views

0 Bookmark

एजेन्सी – आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा भारतले पहिलो हार बेहोरेको छ । आईतबार राती सम्पन्न खेलमा घरेलु टोली इंग्ल्यान्डसँग भारत ३१ रनले स्तब्ध हुन पुग्यो । यो जितले इंग्ल्यान्डको शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना बलियो बनेको छ । विश्वकपमा भारतको यो पहिलो हार हो ।

आउट भएपछि पेभेलियन फर्कंदै कप्तान विराट कोहली

टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली इंग्ल्यान्डले ओपनर जोनी बेयरस्टोको शटतक र बेन स्टोक्सको उत्कृष्ट प्रर्दशनमा ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ३७ रन बनाएको थियो । ३ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको भारतका लागि ओपनर रोहित शर्माले शतकमा ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ६ रन बनाउन मात्रै सक्यो । रोहित शर्माको शतक र मोहम्मद शामीको ५ विकेटको बाबजुदपनि भारतले इंग्ल्यान्डसँग हार्नुका प्रमुख तीन कारण यस प्रकार छन् :

३. दुई स्पिनर खेलाउने गलत निर्णय

भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा भएको बर्मिङघम मैदान स्पिनरको लागि उपयोगि छैन । त्यसैले इंग्ल्यान्डका कप्तान इओन मोर्गनले टस जितेर स्पिनर मोईन अलीको स्थानमा तीब्र गतिका बलर लियाम प्लन्केटलाई मैदान उतारेका थिए । तीनै लियामले तीन विकेटमा पनि लिए ।

इंग्ल्यान्डले आदिल राशिदलाई स्पिनरको रुपमा खेलाउदा अन्य सबै तीव्र गतिका बलरलाई प्रयोग गरेको थियो । तीव्र गतिका बलरका रुपमा जोफ्रा आर्चर, मार्क उड, क्रिस वोक्स र लियाम प्लन्केट थिए । पार्टटाईमको रुपमा अलराउण्डर बेन स्टोक्सले पनि तीव्र गतिका बलर थिए । अर्थात इंग्ल्यान्डले ५ तीव्र गतिका बलर प्रयोग गरेको थियो ।

स्पिनरको रुपमा आदिल राशिदलाई इंग्ल्यान्डले ६ ओभर बलिङ गराउँदा बाँकी ४४ ओभर तीव्र गतिका बलरले नै गरे । तर कप्तान विराट कोहलीले भने कुलदीप यादव र युजभेन्द्र चाहलको जोडीलाई मैदान उतारे । यी दुई जोडीले कुल २० ओभरमा १ सय ६० रन खर्चिदा १ विकेट मात्रै लिए । चहलले विश्वकपमा कुनैपनि भारतीय बलरको सबैभन्दा खराब प्रदर्शन गरे । यो उनको करिअरकै सबैभन्दा खराब प्रदर्शन पनि हो ।

कुलदीप यादवले १० ओभरमा ७२ रन खर्चिदा १ विकेट हात पारे । युजभेन्द्र चाहलले १० ओभरमा ८८ रन खर्चिदा विकेट विहीन बन्न पुगे । मोहम्मद शामीले १० ओभरमा ६९ रन खर्चेर ५ विकेट हात पार्द जसप्रित बुमराहले पनि १ विकेट लिए । शामीको ५ विकेटलेनै पिच तीव्र गतिको लागि कति फाइदाजनक छ भन्ने प्रष्ट हुन्छ ।

भारतले कुलदीप र चाहलको जोडी मध्यएकलाई बेन्चमा राखेर भुवनेश्वर कुमारलाई मैदान उतारेको भए इंग्ल्यान्ड विशाल योगफल बनाउन नसक्ने पनि थियो । भारतीय स्पिनरमाथि इंग्ल्यान्डका ब्याट्सम्यान खुलेर खेल्दै ठूला शट प्रहार गरेका थिए । तीव्र गतिको उपयोगि मैदानमा कप्तान विराट कोहलीले भुवनेश्वर कुमारलाई बेन्चमा राख्दै दुई स्पिनर खेलाउने निर्णय भारतको हारको कारण पर्दछ ।

२. कमजोर सुरुवात

विशाल लक्ष्य पुरा गर्न सुरुवात राम्रो हुनैपर्छ । अन्यथा जित कठिन बन्छ । विशाल लक्ष्य पछ्याएको भारतले तेस्रो ओभरमै ओपनर केएल राहुललाई शुन्यमा गुमाएपछि रन जोड्न संघर्ष गर्नु परेको थियो । भारतले सुरुवाती २० ओभरमा १ विकेट गुमाउँदा जम्मा ८३ रन जोडेको थियो । जसको कारण भारतीय ब्याट्सम्यान पूर्ण रुपमा दवावमा थिए ।

क्रिस वक्सको बलमा आउट भएपछि केएल राहुल

रोहित र विराटले दोस्रो विकेटका लागि १ सय ३८ रनको साझेदारी गर्दै झिनो आसा देखाएपनि त्यो जितको लागि पर्याप्त भने थिएन । २९ औं ओभरमा विराट आउट भएसँगै भारतको रनको गतिमा पुन: कमी आएको थियो । पछिल्लो दुई वर्षयता भारतीय ब्याटिङ शीर्षक्रमका धिखर धवन, रोहित र विराटको प्रर्दशनमा निर्भर देखिन्छ । शिखर चोटका कारण भारत फर्केको अवस्थामा अब रोहित र विराटमाथि झन ठूलो दबाब थपिएको देखिन्छ । मध्यक्रमका ऋषभ पन्त,महेन्द्र सिंह धोनीले पनि ठूलो इनिङ खेल्न नसक्नु हारको अर्को कारण हो । सम्रगमा खराब सुरुवात र रोहित बाहेक अन्य ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सक्नु भारतको हारको प्रमुख कारण हो ।

१. रोय र बेयरस्टोको शतकीय साझेदारी

इंग्ल्यान्डका ओपनर जेसन रोय र जोनी बेयरस्टोको पहिलो विकेटका लागि १ सय ६० रनको उत्कृष्ट शतकीय साझेदारीनै भारतको हारको प्रमुख हो । टस जितेर पहिला ब्याटिङ रोजेका इंग्ल्यान्डका कप्तान इओन मोर्गनको निर्णयलाई सहि सावित गर्दै रोय र बेयरस्टोले निरन्तर भारतीय बलरमाथि आक्रमक ब्याटिङ गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । सुरुवात उत्कृष्ट हुन्छ भने पक्कैपनि जुनसुकै टिमले राम्रो योगफल बनाउन सक्छ ।

ओपनरद्वय जोनी बेयरस्टो र जेसन रोय

यी दुई ओपनरले २२.१ ओभर सम्म १ सय ६० रनको साझेदारी गरेपछि इंग्ल्यान्डको विशाल योगफल पक्का बनेको थियो । मध्यक्रमका बेन स्टोक्सले ७९ रनको इनिङ खेल्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । ओपनरको साझेदारी पहिला नै तोड्न सकेको भए इंग्ल्यान्ड दबाबमा आउँदै अझ कम योगफलमा समेटिन पुग्थ्यो ।

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

March 28, 2024

रनको वर्षा भएको खेलमा हैदराबादद्वारा मुम्बई पराजित

एजेन्सी – कीर्तिमानी योगफल सहित रनको वर्षा भएको खेलमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्स विरुद्ध जित दर्ता गरेको छ । हैदराबादले मुम्बई माथि ३१ रनको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको सबैभन्दा ठूलो योगफल खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ […]

March 27, 2024

चेन्नाईको लगातार दोस्रो जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करणमा साविक विजेता चेन्नाई सुपर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा चेन्नाईले गुजरात टाईटन्स माथि ६३ रनको फराकिलो जित दर्ता गरेको हो । २०७ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो […]

Success

Thank you for your time.