default_image

6 years ago

July 3, 2019

नेपाल विरुद्ध चीन : प्रत्यक्ष प्रसारण

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिता २०१९ अन्तर्गत बुधबार नेपाल र चीन भिड्दैछन् । किनारा ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला बलिङ गर्ने लिएको हो ।

नेपालले आजको खेलमा राशिद खान,कुशल मल्ल र विशाल केसीलाई बिश्राम दिएको छ । लेगस्पिनर तिलक भण्डारी र ब्याट्सम्यान खडक बोहराले यू१९ टोलीमा डेब्यू गरेका छन् । तुलनात्मक रुपमा कमजोर चीनविरुद्ध नेपालले फराकिलो जित निकाल्न सक्ने अनुमान गरिएको छ । चीन पहिलो खेलमा सिंगापुरसँग ८ विकेटले पराजित भएको थियो ।

समुह ‘ए’ मा नेपाल,सिंगापुर र चीन छन् । नेपालको समुहबाट म्यानमारले नाम फिर्ता लिएको छ । समुह ‘बी’ मा हङकङ, थाईल्यान्ड, भुटान र आयोजक मलेसिया छन् । दुवै समूहका शीर्ष दुई टोलीले जुन ८ मा हुने सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनलमा ९ जुलाईमा हुने छ ।
प्रतियोगिताको विजेताले श्रीलंकामा हुने यू(१९ एसिया कपमा सहभागिता जनाउनेछ ।

नेपालको प्लेइङ ११ :
१.रोहित कुमार पौडेल (कप्तान)
२.पवन सरार्फ
३.कमलसिंह ऐरी
४.रित गौतम
५.हरि बहादुर चौहान
६. प्रतिश जिसी
७.तिलक भण्डार
८.भिम सार्की
९. लोकेश बहादुर बम
१०. सागर ढकाल
११. खडक बहादुर बोहरा

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.