6 years ago
July 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सागर ढकालले ६ विकेट लिएपछि एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा चीनबाट ५४ रनको लक्ष्य पाएको छ ।

किनारा ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चीनले २३.१ ओभरमा अल आउट हुँदै ५३ रनमा समेटियो । नेपालको घातक बलिङ सामु चीनका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
पहिलो विकेटका लागि लियाङ चेन र गौओ गाओले ६ ओभरमा १८ रनको साझेदारी गरेका थिए । यी दुईबीचको साझेदारी छैटौं ओभरको अन्तिम बलमा सागर ढकालले गाओलाई १३ रनमा कप्तान रोहित कुमार पौडेलबाट क्याच आउट गराउँदै तोडे । उनले २४ बलमा २ चौका प्रहार गरे । आगो आउट भएसँगै चीनको विकेट पतन सुरु भएको थियो । कुनै पनि ब्याट्सम्यान नेपाली बलरको कसिलो बलिङमा मैदानमा लामो समय टिक्न सकेनन् ।
सातौं ओभरको पाँचौ बलमा लियुगान वाङलाई कमलसिंह ऐरीले भिम सार्कीबाट क्याच गराउदै शून्यमा पेभिलएन फर्काए । सागरले आठौं ओभरको अन्तिम बलमा वेई गुओलीलाई २ रनमा स्टम्पिङ आउट गराए ।
यसै खेलबाट यू१९ टोलीमा डेब्यू गरेका तिलकराज भण्डारीले १५ ओभरको पहिलो बलमा झु येन फेङ्गलाई ४ रनमा बोल्ड आउट गरे । तिलकलेनै १७ ओभरको अन्तिम बलमा ओपनर लियाङ चेनलाई १३ रनमा विकेटकीपर हरि बहादुर चौहानबाट क्याच गराउँदै पेभिलिएन फर्काए ।
एयु क्विन युन डक,रुई होयु ३,झुओयई चेन २,तियान सने क्युन डक आउट भए ।
चीनलाई सस्तैमा रोक्न सागर ढकालले ९.१ ओभरमा ३ मेडन सहित १९ मात्रै रन खर्चेर ६ विकेट लिए । त्यस्तै तिलक राज भण्डारीले ७ ओभरमा ३ मेडन सहित १५ रन खर्चेर ३ विकेट हात पारे । कमलसिंह ऐरीको नाममा विकेट रह्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]