default_image

6 years ago

July 3, 2019

इंग्ल्यान्डले पहिला ब्याटिङ गर्ने

105 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामामा घरेलु टोली इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

भर्खर सम्पन्न टसमा कप्तान इओन मोर्गनले जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । इंग्ल्यान्डले टोलीमा कुनै परिवर्तन गरेको छैन । न्युजिल्यान्डले भने दुई खेलाडी परिवर्तन गरेको छ । इश सोधी र लोकी फग्र्युसनको स्थानमा टिम साउदी र म्याट हेनरीलाई मौका दिएको छ ।

इंग्ल्यान्डको प्लेइङ ११ ः जोनी बेयरस्टो,जेसन राय,जो रुट,इओन मोर्गन(कप्तान),बेन स्टोक्स,जस बटलर,लियाम प्लन्केट,क्रिस वोक्स,आदिल राशिद,जोफ्रा आर्चर र मार्क उड ।

न्युजिल्यान्डको प्लेइङ ११ ः मार्टिन गुप्टिल,हेनरी निकोलस,केन विलियमसन(कप्तान),रस टेलर,टम लेथम,जेम्श निशम,कोलिन डी ग्राण्डहोम,मिचेल सान्टनार,टिम साउदी,म्यान हेनरी,ट्रेन्ट बोल्ट ।

विजेता टोली सिधै सेमिफाइनलनमा प्रवेश गर्ने छ । पराजित टोली पाकिस्तानको नतिजामा निर्भर रहने छ । इंग्ल्यान्ड आजको खेलमा पराजित भए र उता शुक्रबार पाकिस्तानले बंगलादेशलाई पराजित गरे लिग चरणबाट बाहिरिने छ । त्यसैले घरेलु टोली इंग्ल्यान्डलाई जित्नै पर्ने दबाब छ । न्युजिल्यान्ड आजको खेलमा पराजित भए र उता पाकिस्तान विजयी भएपनि नेट रन रेटका आधारमा सेमिफाइनलमा पुग्न सक्छ ।

इंग्ल्यान्ड ८ खेलमा ५ मा जित र ३ मा हार ब्योहोदै १० अंक जोड्दै चौथो स्थानमा छ । न्युजिल्यान्ड पनि समान खेलमा ५ मा जित र २ मा हारका साथ ११ अंक बटुल्दै तेस्रो स्थानमा छ । न्युजिल्यान्डले वर्षाको कारण भारतसँग अंक बाडेंको थियो । शीर्षस्थानमा रहेको अष्ट्रलिया र भारत सेमिफाइनलमा प्रवेश गरि सकेका छन् ।

भारतलाई ३१ रनले पराजित गरेको इंग्ल्यान्डको मनोबल पनि उच्च छ । इंग्ल्यान्डका ओपनर जोनी बेयरस्टो अघिल्लो खेलमा भारतसँग शतक प्रहार गर्दै लयमा फर्किको संकेत देखाएका छन् । त्यस्तै अर्का ओपनर जोसन रोयले पनि भारतसँगको खेलमा कमब्याक गर्दै अर्ध शतक प्रहार गरेका थिए । जो रुट, कप्तान इओन मोर्गन,जस बटलरको प्रर्दशन आज निकै महत्वपूर्ण हुने देखिन्छ । अलराउण्डर बेन स्टोक्सले भने उत्कृष्ट प्रर्दशन गरि रहेका छन् ।

बलिङतर्फ जोफ्रा आर्चरको प्रर्दशन निकै महत्वपूर्ण हुने छ ।

यता न्युजिल्यान्डका लागि कप्तान केन विलियमसन बाहेक अन्य ब्याट्सम्यानको प्रर्दशन सन्तोकजनक छैन । ओपनर मार्टिन गुप्टिल,कोलिन मुनरो,टम लेथम र रोश टेलरको खराब प्रर्दशन न्युजिल्यान्डलाई ठूलो चिन्ताको विषय हो । बलिङमा भने ट्रेन्ट बोल्ट र ल्योकी फर्गुसन उत्कृष्ट प्रर्दशन गरेका थिए ।

विश्वकपमा न्युजिल्यान्ड र इंग्ल्यान्डबीच ८ खेल भएको छ । जसमा न्युजिल्यान्ड ५ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको छ । त्यस्तै यी दुईदेशबीच कुल ८९ वान डे खेल भएको छ । जसमा न्युजिल्यान्ड ४३ खेलमा विजयी हुँदा ४० खेलमा पराजित भएको छ । २ खेल बराबरीमा सकिदा ४ खेलको नतिजा बिहीन छ । अघिल्लो वर्ष मार्चमा भएको पाँच वान डे सिरिज इंग्ल्यान्डले ३(२ ले जितेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.