default_image

6 years ago

July 3, 2019

चीनविरुद्ध १० विकेटको जितमा नेपालका ३ नायक

116 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसीसी यू१९ इस्टर्न रिजन २०१९ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

चीनले समुह चरणका दुबै खेल हारेपछि नेपाललाई सेमिफाइनल प्रवेशका लागि पहिलो जितनै प्राप्त बनेको हो । त्यस्तै नेपालको समुहमा रहेको सिंगापुर पनि सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले दोस्रो खेल आगमी शुक्रबार सिंगापुरसँग खेल्ने छ । सिंगापुर र नेपालबीचको नतिजाले समुह विजेता र उप विजेताको टुङ्गो लाग्ने छ । चीन मंगलबार सिंगापुरसँग ८ विकेटले पराजित भएको थियो ।

किनरारा ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चीन २३.१ ओभरमा अल आउट हुँदै ५३ रनमा समेटिएको थियो । नेपालको घातक बलिङ सामु चीनका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । चीनले प्रस्तुत गरेको ५४ रनको सामान्य लक्ष्य नेपालले ५ ओभरमै कुनै विकेट नगुमाई पुरा गर्यो । तुलानात्मक रुपमा निकै कमजोर टोली चीनमाथि नेपालले जित निकाल्नु कुनै नौलो र आश्चर्य भने छैन । तर नेपाललाई सहज जित दिलाउँदै सेमिफाइनल प्रवेश गराउन यी ३ खेलाडीको महत्वपूर्ण प्रर्दशन भने महत्वपूर्ण रह्यो ।

३. तिलकराज भण्डारी

यू१६ टोलीमा उत्कृष्ट प्रर्दशन गर्दै यू१९ टोलीमा स्थान बनाएका लेगस्पिनर तिलकराज भण्डारीले डेब्यू खेलमै उत्कृष्ट प्रर्दशन गरे । तिलकले चीनको मध्यक्रम धराशायी बनाए । उनले १५ ओभरको पहिलो बलमा झंयु युन फेनलाई ४ रनमा बोल्ड आउट गर्दै डेब्यू पहिलो विकेट हात पारे ।

तिलकराज भण्डारी

तिलकले लिएको महत्वपूर्ण विकेट ओपनर लियाङ्ग चेनको थियो । चेनलाई तिलकले १७ ओभरको अन्तिम बलमा विकेटकीपर हरि बहादुर चौहानबाट १३ रनमा क्याच गराउँदै पेभिलिएनको बाटो देखाए । अन्य सबै ब्याट्सम्यान नेपाली बलर सामु निरिह बन्दा चेनले ४३ बलको सामना गर्दै २ चौका प्रहार गरे । त्यस्तै तिलकले रुइ होयुलाई ३ रनमा क्याच आउट गराएका थिए । सम्रगमा उनले ७ ओभरमा ३ मेडन राख्दै १५ रन खर्चेर ३ विकेट हात पारे ।

२. पवन सरार्फ

पवन सर्राफ

५४ रनको लक्ष्य ५ ओभरमै पुरा गर्न सिनियर टोलीबाट प्रतिनिधित्व गरि सकेका पवन सरार्फले आक्रमक ब्याटिङ गर्दै टोलीको जित पक्का गरे । पहिलो बलमै चौका प्रहार गर्दै सुरुवात गरेका पवनले अन्त्य पनि चौका प्रहार गर्दै गरेका थिए । निकै कमजोर देखिएका चीनका बलर सामु पवनले २१ बलमा ६ चौका र ३ छक्का सहित ४६ रनमा अविजित रहँदै सहज जित पक्का गरे ।

३.सागर ढकाल

स्पिनर सागर ढकालले आफ्नो यू१९ क्रिकेट करियरकै उत्कृष्ट प्रर्दशन गरेपछि चीन ५३ रनमा समेटिएको थियो । नेपालले सुरुवाती ५ ओभरसम्म कुनै विकेट हात पारेको थिएन । कप्तान रोहित कुमार पौडेलले पनि दुई तीव्र गतिका बलर प्रतिस जिसी र कमलसिंह ऐरीले विकेट लिन नसकेपछि छैटौं ओभरमा स्पिनर सागर ढकाललाई ल्याउने निर्णय गरे ।

सागर ढकाल

सागरले निर्णयलाई कप्तानको सहित सावित गर्दै ओपनर गौओहओ गाओलाई १३ रनमा क्याच आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए । गाओ आउटभएसँगै चीनको निरन्तर विकेट पतन सुरु भएको थियो । सागरले शीर्षक्रम र मध्यक्रमका ब्याट्सम्यानलाई आफ्नो स्पिनरको जालोमा फसाउँदै कसैलाई पनि दोहोरो अंकमा रन जोड्न दिएनन् । चीनलाई ५३ रनमा अल आउट गर्न सागरले ९.१ ओभरमा ३ मेडन सहित १९ रन खर्चेर ६ विकेट लिएपछि चीन ५३ रनमान समेटिएको थियो । उत्कृष्ट प्रर्दशन गरेका सागर ‘म्यान अफ द म्याच’ घोषित भए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.