default_image

6 years ago

July 3, 2019

न्युजिल्यान्डलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

122 views

0 Bookmark

एजेन्सी – घरेलु टोली इंग्ल्यान्ड एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राती न्युजिल्यान्डलाई १ सय १९ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । न्युजिल्यान्डको भविष्य भने शुक्रबार हुने पाकिस्तान र बंगलादेशको खेलको नतिजमा निर्भर रहने छ । ३ सय ६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४५ ओभरमा अल आउट हुँदै १ सय ८६ रनमा समेटियो ।

न्युजिल्यान्डका लागि विकेटकीपर टम लेथमले सर्वाधिक ५७ रनको योगदान दिए । लियाम प्लन्केटको ३९ औं ओभरको तेस्रो बलमा विकेटकीपर जस बटलरबाट सहज क्याच आउट हुनुअघि लेथमले ६५ बलमा ५ चौका प्रहार गरे ।

न्युजिल्यान्डले पहिलो ओभरको पाँचौ बलमा ओपनर हेनरी निकोलसलाई शुन्यमा गुमाएको थियो । उनलाई क्रिस वोक्सले एलवी डब्लू आउट गरे । जोफ्रा आर्चरको छैटौं ओभरको दोस्रो बलमा बटलरले डाईभ हान्दै एक हातले उत्कृष्ट क्याच लिएपछि अर्का ओपनर मार्टिन गुप्टिल ८ रनमा आउट भए । १६ ओभरको पहिलो बलमा कप्तान केन विलियमसन २७ रनमा रन आउट हुनु न्युजिल्यान्डको लागि दुभाग्र्य सावित बन्यो । लगत्तै १७ ओभरको चौथो बलमा अनुभवी ब्याट्सम्यान रोस टेलर २८ रनमा रन आउट भएपछि न्युजिल्यान्डको जित टाढिएको थियो ।

जेम्श निशम १९ र कोलिन डी ग्राण्डहोम ३ रनमा क्याच आउट भएपछि न्युजिल्यान्डको जितको संभावना लगभग सकिएको थियो । मिचेल सान्टनार १२,टिम साउथी र म्याट हेनरीले समान ७ रनको योगदान दिए । इंग्ल्यान्डको जितमा मार्क उडले ९ ओभरमा ३४ रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै क्रिस वोक्स,जोफ्रा आर्चर,लियाम प्लन्केट,बेन स्टोक्स र आदिल राशिदले समान १ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५ रन बनाएको थियो । इंग्ल्यान्डका लागि ओपनर जोनी बेयरस्टोले १ सय ६ रनको उत्कृष्ट शतकीय योगदान दिए । ३२ ओभरको चौथो बलमा म्याट हेनरीले बोल्ड आउट गर्नु बेयरस्टोले ९९ बलमा १५ चौका र १ छक्का प्रहार गरे ।

बेयरस्टोले ९५ बलमा आफ्नो वान डे करिअरको नवौं तथा जारी विश्वकपमा दोस्रो शतक पुरा गरे । बेयरस्टोले यस अघि भारतसँगको खेलमा पनि शतक प्रहार गरेका थिए । विश्वकपका लगातार खेलमा शतक प्रहार गर्ने उनी इंग्ल्यान्डका पहिलो खेलाडी बने ।

ओपनर बेयरस्टोले पहिलो विकेटका लागि जोसन रोयसँग १ सय २३ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिएपनि मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानले ठूलो इनिङ खेल्न नसक्दा विशाल योगफल बनाउन चुकेको हो। १९ ओभरको चौथो बलमा जेम्श निशमले मिचेल सान्टनारबाट क्याच आउट गराउनुअघि रोयले ६१ बलमा ८ चौका सहित ६० रन जोडे ।

ट्रेन्ट बोल्टले ३१ ओभरको पहिलो बलमा जो रुटलाई २४ रनमा क्याच आउट गराए । बोल्टलेनै विकेटकीपर जस बटलरलाई ३५ ओभरको दोस्रो बलमा कप्तान केन विलियमसनबाट ११ रनमा क्याच आउट गराएपछि इंग्ल्यान्डको रनको गतिमा कमि आएको थियो ।

४२ ओभरको अन्तिम बलमा ठूलो शट खेल्ने धुनमा बेन स्टोक्स बाउन्ड्रीलाई नजिकै ११ रनमा क्याच आउट हुन पुगे । कप्तान इओन मोर्गनले ४० बलमा ५ चौका प्रहार गर्दै ४२ रनको योगदान दिए । क्रिस वोक्स ४,आदिल राशिद १६ र लियाम प्लन्केटले १५ रनको योगादान दिए ।

न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्ट,म्याट हेनरी र जेम्श निशमले समान २ विकेट लिए । मिचेल सान्टनार र टिम साउथीको नाममा १-१ विकेट रह्यो ।

इंग्ल्यान्ड ९ खेलमा ६ मा जित र ३ मा हारका साथ १२ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । न्युजिल्यान्ड पनि ९ खेलमा ५ मा जित र ३ मा हारका साथ ११ अंक बटुल्दै चौथो स्थानमा छ । शुक्रबार पाकिस्तान र बंगलादेश भिड्ने छन् । पाकिस्तान पराजित भए न्युजिल्यान्ड स्वत सेमिफाइनलमा प्रवेश गर्ने छ । पाकिस्तान विजयी भए नेट रन रेटका आधारमा टुङ्गो लाग्ने छ । यद्यपि पाकिस्तानले असम्भव प्रायः नतिजा निकाले मात्र सेमिफाइनलमा प्रवेश गर्नेछ । अष्टेलिया र भारत यसअघिनै सेमिफाइनलमा पुगि सकेका छन् । भारत र अष्टेलियाको बाँकी एक एक खेलको नतिजाले सेमिफाइनलको समिकरण पुरा हुने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.