default_image

6 years ago

July 4, 2019

चौथो वाईवाई एसईई क्रिकेट क्याम्प सम्पन्न

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वाईवाई ग्रेट हिमालयन क्रिकेट एकेडेमीको आयोजनामा भएको एसईई क्रिकेट क्याम्पको चौथो संस्करण सम्पन्न भएको छ ।

काठमाडौंको भिमेसेनगोलास्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा नै आयोजित क्याम्प वैशाख ५ देखि असार १० गतेसम्म चलेको थियो । देशभरका ४५ खेलाडी सहभागी क्याम्पमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली तथा उमेर समूहको पुरुष टोलीको प्रशिक्षण जिम्मेवारी सम्हालिसकेका स्याम्सन जंग थापाले प्रशिक्षण दिएका थिए । कार्यक्रम वाईवाईको सहकार्यमा आयोजना भएको हो ।

क्याम्पमा सहभागी खेलाडीबीच खेलाइएको टि-२० प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई समापन समारोहमा सम्मानित पनि गरिएको थियो । उत्कृष्ट ब्याट्सम्यान पर्वतका मुनाल कुँवर तथा उत्कृष्ट बलर पर्वतकै साइमन पौडेल भए । मोरङका पुरुषोत्तम न्यौपाने म्यान अफ द सिरिज घोषित भए । सबै खेलाडीलाई प्रमुख अतिथि सिजी फुड्सका सहायक प्रबन्धक लालबाबु प्रसाद र विशेष अतिथि अर्किड इन्टरनेशनल कलेजका प्रधानाध्यापक विदुर दाहालले पुरस्कृत गरे ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.