6 years ago
July 4, 2019
एजेन्सी – वेस्टइन्डिजले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई ३ सय १२ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ११ रन बनायो । वेस्टइन्डिजका लागि युवा विकेटकीपर शाई होपले सर्वाधिक ७७ रनको योगदान दिए । ३८ ओभरको चौथो बलमा मोहम्मद नाबीले राशिद खानबाट क्याच आउट गराउनु अघि होपले ९२ बलमा ६ चौका र २ छक्का प्रहार गरे । युवा ब्याट्सम्यान निकोलस पुरनले ४३ बलमा ६ चौका र १ छक्का सहित आक्रमक ५८ रनको योगदान दिए ।
अन्तिम ओभरको पहिलो बलमा कप्तान जोसन होल्डरसँग रन लिनेक्रममा तालमेल गर्न नसक्दा पुरन रन आउट हुन पुगे । त्यस्तै कप्तान जोसन होल्डरले तल्लोक्रममा आक्रमक ब्याटिङ गर्दै ३४ बलमा १ चौका र ४ छक्का सहित ४५ रनमा क्याच आउट भए । पाँचौ विकेटका लागि कप्तान होल्डर र पुरनले आक्रमक १ सय ५ रनको शतकीय साझेदारी गरेपछि वेस्ट इन्डिजले विशाल योगफल तयार पारेको हो ।

छैटौं ओभरको तेस्रो बमलमा दलात जदरानले ओपनर क्रिस गेललाई ७ रनमा क्याच आउट गराए । दोस्रो विकेटका लागि होप र इभिन लुईसले ८८ रनको साझेदारी गर्दै इनिङ उकासे । यी दुईबीचको साझेदारी २५ ओभरको पाँचौ बलमा राशिद खानले मोहम्मद नाबीबाट लुईसलाई ५८ रनमा क्याच गराउदै तोडे । लुईसले ७८ बलमा ६ चौका र २ छक्का प्रहार गरे । त्यस्तै शिमरोन हिटमायरले ३१ बलमा २ छक्का र ३ चौका सहित ३९ रनमा क्याच आउट भए । कार्लोस वर्थवेट ४ बलमा १ छक्का र २ चौका सहित १४ रनमा अविजित रहे ।
अफगानिस्तानका लागि दवालत जदरानले सर्वाधिक २ विकेट लिए । मोहम्मद नाबी, सईद शिरज़ाद र राशिद खानको नाममा १ विकेट रह्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]