default_image

6 years ago

July 4, 2019

अफगानिस्तान जितविहीन हुँदै विश्वकपबाट बाहिरियो

126 views

0 Bookmark

एजेन्सी– अफगानिस्तान एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा वेस्ट इन्डिजसँग २३ रनले पराजित भएको छ ।

बिहीबार राती सम्पन्न खेलमा वेस्ट इन्डिजसँग २३ रनले पराजित भएसँगै अफगानिस्तान विश्वकपमा अंक बिहीन हुँदै घर फर्किने भएको छ । अफगानिस्तान ९ खेलमा ९ पराजित हुँदै पुछारमा रहेर विश्वकप अन्त्य गरेको हो । त्यस्तै वेस्ट इन्डिज ९ खेलमा २ मा जित र ६ मा हारका साथ ५ अंक जोडै नवौंैं स्थानमा रहेर यस विश्वकप समाप्त गर्यो । एक खेल वर्षाको कारण रद्ध भएको थियो ।

३ सय १२ रनको विशाल लक्ष्य पक्ष्याएको अफगानिस्तान निर्धारित ५० ओभरमा अल आउट हुँदै २ सय ८८ रनमा अल आउट भयो । अफगानिस्तानका लागि १८ वर्षिय युवा विकेटकीपर इकराम अलीखीलले सर्वाधिक ८६ रनको योगदान दिए । ३६ ओभरको तेस्रो बलमा क्रिस गेलले एलबी डब्लू आउट गर्नु अघि इकरामले ९३ बलमा ८ चौका प्रहार गरे । त्यस्तै ओपनर रामत शाहले ६२ रनको योगदान दिए । २७ ओभरको दोस्रो बलमा कार्लोस वर्थवेटले क्रिस गेलबाट क्याच आउट गराउनु अघि रामतले ७८ बलमा १० चौका प्रहार गरे । दोस्रो विकेटका लागि रामत र इकरामले १ सय ३३ रनको साझेदारी गरेपनि मध्यक्रम तर तल्लोक्रमका ब्याट्सम्यान सस्तैमा आउट हुँदा जित सम्भव भएन ।

अफगानिस्तानले दोस्रो ओभरको तेस्रो बलमै कप्तान गुलबदीन नाइबलाई ५ रनमा गुमाएको थियो । नजीबुउल्लाह जदरान ३१ रनमा रन आउट भए । केमर रोचले मोहम्मद नाबीलाई २ र शमीउल्लाह शिनवारीलाई ६ रनमाक्याच आउट गराएपछि अफगानिस्तान समस्यामा परेको थियो ।

पुर्व कप्तान अस्गर अफगानले ३२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४० रनको योगदान दिए । ४५ ओभरको दोस्रो बलमा अस्गरलाई कार्लोस बर्थवेटले कप्तान जोसन होल्डरबाट क्याच गराएपछि अफगानिस्तानको जितको संभावना सकिएको थियो । तल्लोक्रमका राशिद खान ९,दवालत जदरान १,सायद शिजायद २५ र मुजिब उर रहमानले ७ रनको योगदान दिए ।

वेस्ट इन्डिजका लागि कार्लोस बर्थवेटले ९ ओभरमा ६३ रन खर्चेर ४ विकेट लिए । केमर रोचले १० ओभरमा २ मेडन सहित ३७ रन खर्चेर ३ विकेट लिए । क्रिस गेल र ओसन थोमसको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ११ रन बनायो । वेस्टइन्डिजका लागि युवा विकेटकीपर शाई होपले सर्वाधिक ७७ रनको योगदान दिए । ३८ ओभरको चौथो बलमा मोहम्मद नाबीले राशिद खानबाट क्याच आउट गराउनु अघि होपले ९२ बलमा ६ चौका र २ छक्का प्रहार गरे । युवा ब्याट्सम्यान निकोलस पुरनले ४३ बलमा ६ चौका र १ छक्का सहित आक्रमक ५८ रनको योगदान दिए ।

अन्तिम ओभरको पहिलो बलमा कप्तान जोसन होल्डरसँग रन लिनेक्रममा तालमेल गर्न नसक्दा पुरन रन आउट हुन पुगे । त्यस्तै कप्तान जोसन होल्डरले तल्लोक्रममा आक्रमक ब्याटिङ गर्दै ३४ बलमा १ चौका र ४ छक्का सहित ४५ रनमा क्याच आउट भए । पाँचौ विकेटका लागि कप्तान होल्डर र पुरनले आक्रमक १ सय ५ रनको शतकीय साझेदारी गरेपछि वेस्ट इन्डिजले विशाल योगफल तयार पारेको हो ।

छैटौं ओभरको तेस्रो बमलमा दलात जदरानले ओपनर क्रिस गेललाई ७ रनमा क्याच आउट गराए । दोस्रो विकेटका लागि होप र इभिन लुईसले ८८ रनको साझेदारी गर्दै इनिङ उकासे । यी दुईबीचको साझेदारी २५ ओभरको पाँचौ बलमा राशिद खानले मोहम्मद नाबीबाट लुईसलाई ५८ रनमा क्याच गराउदै तोडे । लुईसले ७८ बलमा ६ चौका र २ छक्का प्रहार गरे । त्यस्तै शिमरोन हिटमायरले ३१ बलमा २ छक्का र ३ चौका सहित ३९ रनमा क्याच आउट भए । कार्लोस वर्थवेट ४ बलमा १ छक्का र २ चौका सहित १४ रनमा अविजित रहे ।

अफगानिस्तानका लागि दवालत जदरानले सर्वाधिक २ विकेट लिए । मोहम्मद नाबी, सईद शिरज़ाद र राशिद खानको नाममा १ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.