default_image

6 years ago

July 6, 2019

विश्वकपमा अफगानिस्तानको खराब प्रर्दशनका ५ कारण

136 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा सेमिफाइनल पुग्ने चार टोलीको टुङ्गो लागेको छ । भारत, अष्ट्रेलिया, इंग्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनलमा पुग्दा श्रीलंका, बंगलादेश, दक्षिण अफ्रिका, पाकिस्तान, अफगानिस्तान र वेस्टइन्डिज लिग चरणबाटै घर फर्किएका छन् ।

प्रतियोगिताकै कमजोर टोलीका रुपमा देखिएको अफगानिस्तान जितविहीन हुँदै बाहिरियो । अफगानिस्तान लिग चरणका सबै ९ खेलमा पराजित भयो । विश्वकप अघि अफगानिस्तानले उत्कृष्ट प्रर्दशन गर्दै ठूला टोलीलाई निराश बनाउन सक्ने अनुमान गरिएको थियो । तर त्यसो हुन सकेन । यस लज्जास्पद प्रर्दशनको अफगानिस्तान क्रिकेट बोर्ड र खेलाडीले गम्भिर रुपमा समिक्षा गर्ने छन् । त्यस अघि विश्वकपमा अफगानिस्तानले खराब प्रर्दशन गर्नुका ५ कारण यस प्रकार छन् ।

५. राशिदको कमजोर प्रर्दशन

पछिल्लो समय फ्रेन्चाइज लिगमा आफ्नो प्रभाव जमाउँदै आएका लेग स्पिनर राशिद खानले विश्वकपमा निराशजनक प्रर्दशन गरे । पहिलो विश्वकप भएपनि प्रर्दशन अनुसार राशिद आफ्नो प्रर्दशन बिर्सनलायक रहयो । प्रमुख खेलाडीमाथि टोलीको जिम्मेवारी, विश्वास र आसा धेरै हुन्छ । जसको खराब प्रर्दशनमा अन्य खेलाडीलाई दबाब पर्न जान्छ ।

राशिदले ९ खेलमा ६ विकेटमात्रै लिन सके । इकोनमि रेट ५.७९ को रह्यो । इंग्ल्यान्डसँगको खेलमा ९ ओभरमा १ सय १० रन खर्चिदै विश्वकपमा सर्वाधिक रन खर्चने बलर बने । प्रमुख खेलाडी राशिदको कमजोर प्रर्दशन विश्वकपमा अफगानिस्तानले खराब प्रर्दशन गर्नुको एक कारण हो ।

४. मोहम्मद शहजाद घाइते

मोहम्मद शहजाद अफगानिस्तानका सार्वधिक सफल विकेटकीपर तथा ब्याट्सम्यान हुन् । शहजाद वान डे क्रिकेटमा अफगानिस्तानबाट सर्वाधिक रन बनाउने खेलाडीमा पर्दछन् । तर तीनै शहजाद विश्वकपमा दुई खेल खेल्दै खुट्टामा समस्या आएपछि विश्वकपबाट बाहिरिए । जसको अभाव अफगानिस्तानले प्रतियोगिताभर खेप्नु पर्यो । अफगानिस्तानले ओपनिङ जोडीमा निरन्तर फेरबदल गरिरह्यो । शहजादको अनुपस्थितिमा अफगानिस्तानले कुनै पनि खेलमा राम्रो ओपनिङ साझेदारी गर्न सकेन । ओपनर जोडी पनि निरन्तर परिवर्तन गरि रह्यो ।

यता शहजादले आफु फिट हुँदाहुँदै टोलीबाट निकालिएको एक भावुक भिडियो समेत सार्वजनिक गरेका थिए । शहजाद त्यस्ता ब्याट्सम्यान हुन् जस्ले आफ्नो आक्रामक ब्याटिङमा ठूलो इनिङ खेल्दै टोलीको जित सहज बनाउन सक्छन् । शहजाद घाइते हुँदै बाहिरिनु अफगानिस्तानको लागि घातक बन्यो ।

३. निरन्तर ब्याटिङक्रम फेरबदल

अफगानिस्तानले विश्वकपमा खराब प्रर्दशन गर्नुको अर्को कारण ब्याटिङक्रम निरन्तर परिवर्तन गर्नु हो । जब टोलीमा निरन्तर ब्याटिङ क्रममा परिवर्तन हुन्छ भने त्यसको असर नतिजामा पर्छ । अफगानिस्तानले श्रीलंकासँगको खेलमा रहमत शाह, हसमतुल्लाह शाहिदी र मोहम्मद नाबीलाई क्रमश: तेस्रो चौथो र पाँचौ नम्बरमा मैदान उतारेका थियो । तर पाकिस्तानसँगको खेलमा हासमतुल्लाह शाहिदी, इकराम अलीखिल र अस्गर अफगानलाई क्रमश: तेस्रो,चौथो र पाँचौ नम्बरमा उतार्यो । यो एक उदाहरण मात्रै हो ।

यसैगरि अफगानिस्तानले हरेक खेलमा ब्याटिङक्रम परिवर्तन गर्न पुग्यो । खेलाडी पनि परिवर्तन गरिरह्यो । जसको असर नतिजामा पर्न पुग्यो । जसको कारण शीर्षक्रमका ब्याट्सम्यानको प्रर्दशन निराशजनक रह्यो । कुनै पनि ब्याट्सम्यानले शतक प्रहार गर्न सकेनन् । रहमत शाह, हसमतुल्लाह शाहिदी,अस्गर अफगान,हज्रतुल्लाह जजाईको प्रर्दशन निराशजन रहनु विश्कपमा अफगानिस्तानले खराब प्रर्दशन गर्नुको एक कारण हो ।

२. पिच स्पिनर उपयोगि नहुनु

अफगानिस्तानको मुख्य हतियार स्पिन बलिङ हो । तर इंग्ल्यान्डको पिच स्पिनर उपयोगि मानिदैन । जसको घाटा अफगानिस्तानलाई पर्न पुग्यो । हालसम्म सर्वाधिक विकेट लिने खेलाडीमा शीर्ष १६ सम्म तीव्र गतिका बलर छन् । तीव्र गतिका बलर मिचेल स्टार्कले ८ खेलमा २४ विकेट हात पार्दा स्पिनरको रुपमा भारतीय युजभेन्द्र चहलले ७ खेलमा ११ विकेट लिएका छन् ।

अफगानिस्तानका प्रमुख तीन स्पिनर राशिद खानले ८ खेलमा ६ विकेट मात्रै लिए । त्यस्तै मुजिब उर रहमानले ७ खेलमा ७ र मोहम्मद नाबीले ९ खेलमा १० विकेट लिए । टोलीको मुख्य हतियार स्पिनर उपयोगी पिच नहुँदा अफगानिस्तान खराब प्रर्दशन गर्न पुग्यो ।

१. अस्गरलाई कप्तानबाट हटाउने निर्णय

कुनैपनि टिममा खेलाडीमात्रै राम्रो भएर पुग्दैन । त्यसलाई नेतृत्व गर्ने कप्तान पनि उत्कृष्ट हुनुपर्छ । कुशल नेतृत्व गर्न सक्ने कप्तान विना टोलीको जित कठिन पर्छ । कुन समयमा कुन खेलाडीलाई प्रयोग गर्ने भन्ने सहि निर्णय लिन नसके जित पनि हारमा परिणत हुनपुग्छ ।

विश्वकप सुरु हुन एक महिना बाँकी रहँदा अफगानिस्तान क्रिकेट बोर्डले अस्गर अफगानलाई कप्तानबाट हटाउँदै गुलबदीन नाईबलाई नियुक्त गर्यो । त्यसै बेला लेग स्पिनर राशिद खान र मोहम्मद नाबीले अस्गरनै कप्तान हुनुपर्ने माग राखेका थिए । तर त्यो मागलाई बेवास्ता गरियो ।

नाइबले १२ खेलमा कप्तानी गर्दा १० खेलमा हार बेहोर्नुपर्यो । सन् २०१५ देखी कप्तान बनेका अस्गरले आफ्नो कप्तानीमा कुल ५६ वान डे खेलमा ३१ खेलमा जित दिलाएका थिए । अस्गरलाई अफगानिस्तान क्रिकेटमा सर्वाधिक सफल कप्तान मानिन्छ ।

अस्गरले आफ्नो कप्तानीमा अफगानिस्तानलाई सन् २०१६ को टी ट्वान्टी विश्वकपमा सुपर १२, पहिलो पटक टेष्ट मान्यता, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश जस्ता देशलाई स्तब्ध पार्दै भारतलाई एसिया कपमा बराबरीमा रोकेका थिए । तर तीनै अस्गरलाई कप्तानबाट हटाउने निर्णय अफगानिस्तानको लागि सबैभन्दा ठूलो गल्ती बन्न पुग्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.