6 years ago
July 6, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज लिग चरणको अन्तिम खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिका विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । म्यानचेस्टरमा दक्षिण अफ्रिकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

अष्ट्रेलियाको प्लेइङ ११ : डेविड वार्नर, आरोन फिन्च(कप्तान), उस्मान खवाजा, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, एलेक्स केरि, प्याट कमिन्स, मिचेल स्टार्क, जेसन बेहरनडर्फ र नाथन लायन
दक्षिण अफ्रिकाको प्लेइङ ११ : क्विन्टन डी कक, एडेन मार्कराम, फाफ डु प्लेसिस(कप्तान), रस्सि भान डर दुसेन, जेपी ड्युमिनी, ड्विन प्रिटोरियस, एन्डिलो फेलुक्वायो, क्रिस मोरिस, कागिसो रबाडा, इमरान ताहिर, तबरेज शाम्सी ।
अष्ट्रेलिया आजको खेलमा विजयी भए शीर्षस्थानमा रहँदै चौथो स्थानमा रहेको न्युजिल्यान्डसँग सेमिफाइनल खेल्ने छ । त्यस्तै अष्ट्रेलिया विजयी भए भारत र इंग्ल्यान्डले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । अष्ट्रेलिया आजको खेलमा पराजित भएर उता भारतले श्रीलंकालाई पराजित गरेको अवस्थामा भने सेमिफाइनलमा तेस्रो स्थानमा रहेको इंग्ल्यान्डसँग खेल्नुपर्ने हुन्छ ।
इंग्ल्यान्डभन्दा न्युजिल्यान्ड तुलनात्मक रुपमा केहि कमजोर देखिन्छ । त्यसैले अष्ट्रेलियालाई शीर्ष स्थानमा रहँदै न्युजिल्यान्डसँग सेमिफाइन खेल्ने अवसर छ । अष्ट्रेलिया ८ खेलमा ७ मा जित र १ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा छ ।
यता दक्षिण अफ्रिका प्रतियोगिताबाटै बाहिरिसकेको छ । अफ्रिका पनि सुखद अन्त्य गर्न चाहन्छ । दक्षिण अफ्रिका ८ खेलमा २ मा जित र ५ मा हारका साथ आठौं स्थानमा छ ।
विश्वकपमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच ५ खेल भएको छ । जसमा अष्ट्रेलिया ३ खेलमा विजयी हुँदा १ खेलमा पराजित भए । १ खेल नतिजाविहिन छ । यी दुई देशबीच कुल ९९ वान डे खेल भएको छ । जसमा अष्ट्रेलिया ४८ खेलमा विजयी हुँदा ४७ खेलमा पराजित भएको छ । ४ खेल नतिजाविहिन छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]