6 years ago
July 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीब्र गतिका बलर करण केसीलाई भारतीय रेड रक स्पोर्ट्स कम्पनिले एक वर्षको लागि प्रायोजन गर्ने भएको छ ।

शनिबार काठमाडौंमा एक कार्यक्रम गर्दै रेड रकले करणलाई एक वर्षको लागि प्रायोजन गरेको जनाएको छ । प्रायोजन वापत करणलाई एक वर्ष सम्म रेड रकले क्रिकेट सामग्री उपलब्ध गराउने छ । रेड रकले गत वर्ष युवा खेलाडी भिम सार्कीलाई तीन वर्षका लागि प्रायोजन गरेको थियो । रेड रकको स्थापना सन् २००७ मा भएको हो । हरियाणा पुर्व रणजी टर्फि खेली सकेका मनिष शंकरको पहलमा यो प्रायोजन भएको बताइएको छ ।
सम्झौता कार्यक्रममा कप्तान पारस खड्का पनि उपस्थित थिए । प्रायोजन पछि करण केसीले आफु धेरै खुसि रहेको बताए । रेड रकले भारतीय टिमका पुर्व कप्तान सचिन तेन्दुलकर,महेन्द्रसिंह धोनी,युवराज सिंह,विरेन्द्र सहवाग,रविन उथप्पा लगातका विश्वप्रसिद्ध भारतीय क्रिकेटरलाई पनि प्रायोजन गरेको थियो । गत वर्ष डिभिजन २ मा क्यानडाविरुद्ध गरेको अविश्वसिनय प्रर्दशनले करणलाई चर्चाको शिखरमा पुर्याएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]