default_image

6 years ago

July 7, 2019

‘उत्कृष्ट टोली मैदान उतार्छौं’ – कप्तान रोहित

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१९ टोलीका कप्तान रोहित कुमार पौडेलले एसीसी यू१९ इस्टर्न रिजनको सेमिफाइनल खेलको पूर्वसन्ध्यामा घरेलु टोली मलेसियाविरुद्ध उत्कृष्ट टोली मैदान उतार्ने बताएका छन् ।

‘चीन र सिंगापुरको खेलमा गरि सबैलाई मौका दिइसकेका छौं,त्यसैले कुनै जोखिम लिन चाहादैनौ र उत्कृष्ट टोली मैदान उतार्ने छौं’,रोहितले भने । नेपालले चीनसँगको खेलमा तीब्र गतिका बलर राशिद खान,अलराउण्डर कुशल मल्ल र विशाल केसीलाई विश्राम दिएको थियो । दोस्रो खेलमा सिंगापुरविरुद्ध राशिद,कुशल र विशाललाई मौका दिँदा प्रतिस जिसी, कमलसिंह ऐरी र लोकेश बहादुर बमलाई विश्राम दिएको थियो ।

रोहित मलेसिया चीन र सिंगापुरभन्दा केहि बलियो रहेको बताउछन् । रोहितले मैदानमा गएर पीच हेरेपछि उत्कृष्ट ११ मैदान उतार्ने बताए । आइतबार वर्षाको कारण नेपालले कुनै अभ्यास गरेन । सोमबार पनि वर्षाको सभवना रहेको बुझिएको छ ।

नेपालले सोमबार विहान ७ : ४५ पछि किनारारा ओभल क्रिकेट मलेसियासँग सेमिफाइनल खेल्ने छ । त्यस्तै अर्को सेमिफाइनलमा हङकङ र सिंगापुर भिड्ने छन् । हङकङ समुह बी को विजेता र घरेलु टोली मलेसिया उप विजेता हो । नेपाल समुह ए को विजता र सिंगापुर उप विजेता हुन् ।

नेपालले समुह चरणमा चीनलाई १० विकेट र सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको थियो । मलेसियाले समुह चरणमा भुटानलाई २ सय ६० रनले पराजित गर्दा थाईल्यान्डमाथि १६ रनको जित निकालेको थियो । समुह चरणको अन्तिम खेलमा हङकङसँग ३ रनले पराजित हुँदा उप विजता बन्नु परेको हो । नेपालले मलेसियामाथि निरन्तर जित निकाल्दै आएको छ । फाइनल मंगलबार किनारारा ओभल क्रिकेट मैदानमै हुने । नेपाललाई यस प्रतियोगिताको प्रमुख दाबेदारी टोली मानिएको छ ।

यस प्रतियोगिताको विजेता टोलीले २८ अगस्ट देखी ८ सेप्टेम्बरसम्म श्रीलंकामा हुने एसिया कप खेल्न पाउने छ । यस प्रतियोगिताको विजेतासँगै भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, यूएई र कुवेतले एसिया कपमा प्रतिस्पर्धा गर्ने छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.