default_image

6 years ago

July 9, 2019

‘हरेक खेल जित्नुको विकल्प छैन’ – कप्तान पारस

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी टि-२० विश्वकप २०२० को एसिया छनोट अन्तर्गत दोस्रो चरण खेल्न सिंगापुर प्रस्थान गरेको छ । सिंगापुर जानुअघि नेपालले झन्डै १० दिन मलेसियामा प्रशिक्षण र दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

मंगलबार बिदाइका क्रममा कप्तान पारस खड्काले टोलीको एकमात्र लक्ष्य अर्को चरणमा छनोट हुनु रहेको बताए । ‘यस प्रतियोगिता हाम्रो लागि निकै महत्त्वपूर्ण छ । हरेक खेल जित्नका लागि खेल्नेछौं । विपक्षी टोली कमजोर भन्ने ठाउँ रहने छैन,’ उनले भने, ‘ टोलीमा प्रतिस्पर्धा निकै बढेको छ । यसले हामीलाई अझै बलियो बनाएको महसुस गरेका छौं ।’

मलेसियाविरुद्ध मैत्रीपूर्ण खेलले टोलीको प्रतियोगिता तयारीलाई सहयोग पुग्ने उनले बताए । ‘ हामीले अन्य देशसँग पनि प्रस्ताव राखेका थियौं तर व्यस्तताका कारण सफल हुन सकेन । मलेसिया वातावरणको हिसाबले सिंगापुरसँग मिल्दोजुल्दो छ । मलेसिया राम्रो टोली पनि हो त्यसैले त्यहाँको अनुभवले सिंगापुरमा सहज हुनेछ,’ उनले भने ।

प्रतियोगितामा नेपालसँगै आयोजक सिंगापुर, मलेसिया, कुवेत र कतार प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टोली टि-२० विश्वकपको ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ । नेपालले २३ जुलाईमा कतारको सामना गर्दै प्रतियोगिता सुरुवात गर्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.