default_image

6 years ago

July 9, 2019

न्युजिल्यान्डले पहिला ब्याटिङ गर्ने

129 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले एक दिवसिय विश्वकप क्रिकेटको सेमिफाइनल खेलमा भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

भर्खर म्यानचेस्टरमा सम्पन्न टस जितेर न्युजिल्यान्डका कप्तान केन विलियमसनले पहिला ब्याटिङ गर्ने  निर्णय लिएका हुन् । न्युजिल्यान्डले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । टिम साउदीको स्थानमा लोकी फर्गुसनलाई मौका दिएको छ । भारतले पनि आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । कुलदीप यादवको स्थानमा युजभेन्द्र चाहललाई मैदान उतारेको छ ।  

भारतको टीम : केएल राहुल, रोहित शर्मा, विराट कोहली(कप्तान), ऋषभ पन्त, महेन्द्र सिंह धोनी, दिनेश कात्तिक, हार्दिक पान्ड्या, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, युजभेन्द्र चहल र जसप्रित बुमराह । 

न्युजिल्यान्डको टिम : मार्टिन गुप्टिल, हेनरी निकोलस, केन विलियमसन(कप्तान), रोश टेलर, टम लेथम, जेम्स निशम, कोलिन डी ग्राण्ड होम, मिचेल सान्टनार, लोकी फर्गुसन, म्याट हेनरी र टेन्ट बोल्ट । 

भारत लिगको शीर्षस्थान र न्युजिल्यान्ड चौथो स्थानमा रहेर सेमिफाइनल खेल्न लागेका हुन् । लिग चरणको खेलमा वर्षाको कारण भारत र न्युजिल्यान्डले अंक बाँड्नु परेको थियो । न्युजिल्यान्डले पाकिस्तानलाई नेट रनरेटमा पछि पार्दै सेमिफाइनलमा स्थान बनाएको हो । भारतले लिग चरणमा इंग्ल्यान्डसँगको खेलमा मात्रै पराजित हुँदा अन्य सबै टोलीलाई सहजै हराएको छ । यता न्युजिल्यान्ड अष्ट्रेलिया र इंग्ल्यान्डसँग पराजित भएको थियो ।

त्यसअघि वामअर्प खेलमा भने न्युजिल्यान्डले भारतलाई ६ विकेटले पराजित गरेको थियो । सम्रग नतिजा हेर्दा न्युजिल्यान्ड भनदा भारत तुलनात्मक रुपमा बलियो पनि देखिन्छ । न्युजिल्यान्ड सन् २०१५ को उप विजेता हो । भारत सन् २०११ को च्याम्पियन टोली हो । भारतले जारी प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै उपाधिमा बलियो दाबेदारी प्रस्तुत गरेको छ ।

हेड टु हेडमा न्युजिल्यान्ड भन्दा भारत अघि छ । कुल १ सय ६ वान डे खेलमा भारत ५५ खेलमा विजयी हुँदा ४५ खेलमा पराजित भएको छ । ५ खेल नजिताविहिन छ । एक खेल बराबरीमा सकिएको छ । गत फ्रेबुअरीमा भारतले न्युजिल्यान्डलाई उसकै घरेलु मैदानमा पाँच वान डे खेल ४–१ ले हराएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.